Oct 07 2026 | २०८३, आश्विन २१ गते

छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकलाई कार्बाहिको माग गर्दै विद्यार्थी आन्दोलनमा ।

छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकलाई कार्बाहिको माग गर्दै विद्यार्थी आन्दोलनमा ।

  • 689
    SHARES

  • छात्रालाई दुव्र्यवहार गर्ने शिक्षकलाई कार्बाहिको माग गर्दै विद्यार्थी आन्दोलनमा ।

    साउन, २२ काठमाडौ । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयका एक शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरू त्यसको विरोधमा आन्दोलित भएका छन। मन्थली माविको सीटीईभीटीमा विज्ञान विषय अध्यापन गर्ने शिक्षक लोकबहादुर विष्टले सो विद्यालयमा अध्ययनरत एक छात्रालाई दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलन मा उत्रिएका हुन ।

    दोषी शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले शुक्रबार विद्यालयमा विरोध प्रदर्शन समेत गरेका थिए । उनीहरूले कक्षा कोठाका केही डेक्स बेञ्च समेत तोडफोड गरेका थिए । विद्यालय समयमा विद्यालय परिसर भित्रै ती शिक्षकले बिहीबार तीन वर्षे ओभरसियरको प्रथम वर्षमा अध्ययनरत छात्रलाई गलत नियतले हातपात गरेको विद्यार्थीको आरोप छ ।

    शिक्षक बिष्टले यस अघिपनि सामाजिक सञ्जाल मार्फत विद्यार्थीलाई गाली गलौच र दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालय प्रशासनमा उजुरी गरेपछि पीडित पक्ष, विद्यार्थी संगठन समेतलाई राखी गराइएको छलफलमा शिक्षकले गल्ती स्विकारेको र त्यस्तो गल्ती नगर्ने प्रतिबद्धता पछि पीडित छात्राका अभिभावकले एक पल्टलाई भन्दै माफी दिएका थिए ।

    तर पुन: शिक्षक बिष्टबाट घटना दोहोरिएपछि विद्यार्थीहरु निज शिक्षकलाइ विद्यालयबाट हटाउनु पर्ने माग निरन्तर आन्दोलन मा छन। यद्यपि विद्यार्थीहरु आन्दोलित भएको थाहा पाएपछि शिक्षक विष्ट फरार भएका छन् । करार सेवामा नियुक्ति पाएका ती शिक्षकको गतिविधिको बारेमा थाहा पाउनसाथ आफूले फोन गर्दा फोन नउठाएको र उनी बस्ने कोठा समेत ताला लगाएको अवस्थामा रहेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले बताउनुभयो थियो। उनले विद्यालयमा पढाउने नैतिक हैसियत गुमाइ सकेको उहाँले बताउनुभयो थियो । उनलाई खोजी गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तर्फ विद्यालय लागि सकेको उहाँले जानकारी दिनुभयो थियो।

    शिक्षक लोकेन्द्र बिष्टबाट मन्थली मा बि लाई राजिनामा पत्र पठाई संगै सो विषयलाई लिएर शनिबार विद्यालय व्यवस्थापन समिति बैठक बोलाइएको थियो। उक्त बैठकमा व्यवस्थापन समिति , बाल क्लब, स्थानीय जनप्रतिनिधि , सबैजना जिल्ला प्रहरी कार्यालयमा निवेदन दिने कुरा भएसँगै आज आइतबार जिल्ला प्रहरी कार्यालय रामेछाप निवेदन बुझाई उक्त घटनाबारे सम्पूर्ण रिपोर्ट बुझाइएको छ।

    रामेछापका जिल्ला प्रहरी डीएसपी राजकुमार थिङ सँगको प्रत्यक्ष भेटघाटपछि उहाँले उक्त घटनाको तत्काल छानविन गर्ने र केही दिनमा उक्त शिक्षकलाई कानुनी प्रक्रियामा ल्याइँदै सजाय दिइने कुरा जानकारी गराउनु भयो।

    उक्त घटनालाई अखिल क्रान्तिकारी मन्थली सहित स्मृति बहुमुखी क्याम्पस अध्यक्ष निराज अधिकारीले घटनाको अनुसन्धान फितलो भएमा विद्यार्थी पूर्ण आन्दोलनमा दोहोरिने समेत चेतावनी दिनुभएको छ। श्रोत : मन्थलिका विद्यार्थी नेता हुनुनुन्छ। जस्ताको त्यस्तै

     

    images
    आइतवार, श्रावण २२ २०७९०९:४३:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार