शुक्रवार, श्रावण २७ २०७९
साउन, २७ काठमाडौ । काठमाडौ बर्नहार्ट स्कुल/कलेजले फूटसल मैदानको उद्घाटन गरेको छ। स्कुलको प्राङ्गणमा निर्माण भएको फूटसल मैदानको एक कार्यक्रम बिच उद्घाटन गरेको हो।
काठमाडौ बर्नहार्ट कलेजको करिब ३० लाखको रुपियाँको लागतमा बिगत ६ महिनादेखि निर्माण शुरु गरेको मैदान आज बिबिध कार्यक्रम बिच कलेजका फाउन्डर डाइरेक्टर नवराज अधिकारीले उद्घाटन गर्नु भयो। उहाँले आजको युगमा सिकाइलाइ कक्षा कोठाबाट बाहिर ल्याउन खेलकुद को महत्त्वपूर्ण भमिका रहने भन्दै पढाइ संगसंगै खेललाइ पनि पाठ्यक्रम मै समेटिनुपर्ने धारणा राख्नु भयो।
त्यसैगरी स्कुलका प्रीन्सिपल अमृत बाबू भट्टले विद्यार्थीहरुको शारीरिक, मानसिक, तथा बौद्धिक बिकासका लागि स्कुल/ कलेजले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको भन्दै सर्बांगिण बिकासको लागी खेल महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाले आगामी दिनहरुमा विद्यार्थीहरुलाइ व्यावसायिक खेललाई उजागर गर्न आफ्नै फूटसल मैदानमा ट्रेनिङ दिने समेत बताउनु भयो।



