Oct 07 2026 | २०८३, आश्विन २१ गते

विद्यालयमा गएको पहिरो एक महिनासम्म हटेन।

विद्यालयमा गएको पहिरो एक महिनासम्म हटेन।

  • 426
    SHARES

  • विद्यालयमा गएको पहिरो एक महिनासम्म हटेन।

    साउन, २९ रुकुम पश्चिम । वर्षाको कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेको एक विद्यालयमा आएको पहिरो पन्छाईएको छैन । रुकुम पश्चिम जिल्लाको मुसीकोट नगरपालिका –१, मा रहेको राजापानी आधारभूत विद्यालयमा माथीबाट आएको पहिरो महिना दिनसम्म पनि नहटाईएको विद्यालयले जनाएको छ ।

    विद्यालयका प्रधानाध्यापक डण्डबहादुर खड्काका अनुसार पहिरोको कारण विद्यालयको नयाँ भवन पछाडि स्टोर गरेर राखिएको काठ र जस्तापाता पुरिएका छन् । विद्यालयको भवन निर्माणको लागि भनेर राखिएका काठ र जस्तापाता महिना दिनसम्म पहिरोमै पुरिएकोले विद्यालयको सम्पत्तिमा क्षति भएको उनले बताए । वर्षासँगै विद्यालय माथीबाट झरिरहेको पहिरोको कारण विद्यालयको प्राङ्गनमा पहिरो थुप्रिएको छ। पहिरोको कारण विद्यालय वरिपरी हिलो र पहिरो हुँदा विद्यार्थीहरुलाई आवतजावतमा समस्या भैरहको छ ।

    बाल शिक्षा देखि कक्षा पाँचसम्म पढाई हुने उक्त विद्यालयमा ६२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा हिलाम्य हुँदै वालबालिका पुग्ने गरेका छन् । प्रधानाध्यपक खड्काले हिलोमा विद्यार्थीका जुत्ता चप्पल अड्किने, लगाएका पोशाक अर्को दिन लगाउन नमिल्ने जस्ता समस्या महिनादिन देखि झेलिरहेको बताउनुभयो ।

    पहिरोको डर, विद्यालयको आँगनमा थुप्रिएको हिलोको कारण विद्यार्थीहरु डराएर विद्यालय जाने गरेको अभिभावकहरुको गुनासो छ । विद्यालयमा पहिरोले निम्त्याएको समस्याको विषयमा नगरपालिका, प्रशासन, नेपाली सेना समेतलाई जानकारी गराएको तर हालसम्म पहिरो पन्छाउने काम हुन नसकेको विद्यालय प्रशासनले जानकारी गराएको छ । #मुलपानी बाट

     

    images
    आइतवार, श्रावण २९ २०७९०२:४५:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार