सोमवार, श्रावण ३० २०७९
साउन, ३० काठमाडौ । काठमाडौ बर्नहार्ट स्कुल/ कलेजको अभिमुखिकरण (Orientation) कार्यक्रम सम्पन्न भएको छ। कलेजमा आज एक भब्य कार्यक्रमको बिच कक्षा ११ का विद्यार्थीहरुलाई लक्षित गरि गरिएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
अभिमुखिकरण कार्यक्रम संस्थापक डाइरेक्टर तथा अध्यक्ष भुपेश छत्कुलीको अध्यक्षतामा सम्पन्न भयो र कार्यक्रमको संचालन भाइस प्रीन्सिपल सुरज सिवाकोटीले गर्नुभयो। कार्यक्रममा संस्थापक डाइरेक्टर प्रोफेसर ड. नारायण प्रसाद चापागाईं, मेनेजिङ डाइरेक्टर नवराज अधिकारी, एक्ज्युकेटिभ डाइरेक्टर पुरुषोत्तम बिष्ट लगाएत स्कुल/कलेजका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेनेजिङ डाइरेक्टर नवराज अधिकारीले स्वागत मन्तब्य राख्नुभयो। उहाँले कक्षा ११ मा पढ्न आउने विद्यार्थीहरुलाई मन्तव्य मार्फत स्वागत गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा विभिन्न विद्यार्थीहरुले समेत मन्तव्य राखेका थिए। विद्यार्थीहरुलाई शिक्षण सिकाइका लागि उत्कृष्ट रहेकोले आफुहरुले पढ्नको लागि बर्नहार्ट स्कुल / कलेज छानेको बताए। उनिहरुले पढाइको साथसाथै नेतृत्व बिकास र सीप सिकाइका लागि बर्नहार्ट स्कुल/ कलेज उत्कृष्ट रहेको समेत बताए।
अभिमुखिकरण कार्यक्रममा प्रीन्सिपल अमृत बाबू भट्टले विद्यार्थीहरुलाई आफ्नो उदेश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्यायनलाई अगाडि बढाउने र अभिभावकहरुको सपना पूरागर्ने अठोट लिनुपर्ने भन्दै नयाँ भर्ना भएका विद्यार्थीहरुलाई सपथ खुवाउनु भयो। 
उहाँले बर्नहार्ट स्कुल/ कलेज पढाइको बाताबरण स्वच्छ र शान्तिपुर्ण रहेको भन्दै विद्यार्थीहरुको चाहना अनुसार समय सुहाउदो सिकाइ प्रणालीलाई अबलम्बन गर्ने बताउनु भयो। आजको दुनियाँमा बर्नहार्टको विद्यार्थीहरु नेतृत्वदायी भुमिकामा पुग्नसक्ने शिक्षा दिने भन्दै हरेक विद्यार्थीहरुको पढाइका साथसाथै अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने बताउनु भयो। बर्नहार्टमा पढ्न आएका विद्यार्थीहरुको प्रतिभा र क्षमता अनुसार व्यावसायिक जिवनमा फर्काउने जिम्मा स्कुल/ कलेजको रहेको बताउनु भयो।
त्यसैगरी अभिमुखिकरण कार्यक्रममा एक्ज्युकेटिभ डाइरेक्टर पुरुषोत्तम बिष्टले कडा मिहेनत गरे असम्भव भन्ने कुरा केही नभएको बताउनु भयो। उहाँले आफ्नो उदेश्य प्राप्तिकालागि आफैले आफैलाई नढाटेर अध्यायन र अनुसन्धानमा लगाव बढाए आफ्नो नाम गोल्डेन अक्षरमा लेख्न सकिने बताउनुभयो।
त्यस्तै नेपाली बिभागका प्रमुख हेमराज अधिकारिले विद्यार्थी जीवन सफलताको शिखर चुम्ने बाटो रहेको र यसलाई पार गर्न कठिन मिहेनत गर्नुपर्ने बताउनु भयो।
त्यस्तै सामाजिक बिभागका प्रमुख गोपाल आचार्यले शिक्षक विद्यार्थीहरुको साथी, अभिभावक र गुरु हो भन्दै विद्यार्थिहरुले आफ्नो अनुभव आदनप्रदान गरि शिक्षण सिकाइलाई सहजीकरण गर्न सकिने बताउनु भयो।
त्यसैगरी प्रोफेसर डा. नारायण प्रसाद चापागाईंले राम्रोकुरा छान्न अफ्ट्यारो हो, भन्दै बर्नहार्टलाइ बिस्वास गरेर कक्षा ११ मा अध्यान गर्न आएका विद्यार्थीहरुलाई बधाइ दिनुभयो। उहाले बिगत लामो समय देखि कोभिड लगाएतका अनेक संकटहरुले धेरै कठिनाइ भोग्नुपर्ने र अहिले विद्यार्थीहरुले आफ्नो रोजाइ गरेर स्कुल / कलेज पढ्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले लामो समय शैक्षिक संस्थाहरुमा अध्यायन अध्यापन गर्न नपाउदा धेरै समस्या भएको यद्यपि प्रबिधिको प्रयोगमा आएको बिकासले भने फड्को मारेको बताउनु भयो। आजको भुमन्डलिकृत संसारमा प्रबिधिको प्रयोग अनिवार्य रहेको भन्दै यसलाई राम्रो संग उपयोग गर्नसके सिकाइलाइ सीप संग जोड्न सकिने बताउनु भयो। तर प्रबिधिको नाममा सामाजिक संजालको गलत प्रयोगले मान्छेहरु कुलतमा फसेको र भविस्य नै अन्दकारमा पुर्याउने कुरा भने गलत भएको धारणा व्यक्त गर्नु भयो। प्राध्यापक चापागाईंले प्रबिधिको प्रयोगको नाममा आफ्नो सृजनात्मक बिकासलाइ अबरोध पुर्याउन नहुने धारणा राख्नु भयो। उहाँले विद्यार्थीहरुलाइ इङ्गित गर्दै तपाइको जिवनको ड्राइभ तपाइकै हातमा रहेको भन्दै मिहिनेत गरे संसारमा असम्भव भन्ने कुरा केही नरहेको बताउनुभयो।
अभिमुखिकरण कार्यक्रमको अन्त्यमा कलेजका संस्थापक डाइरेक्टर तथा अध्यक्ष भुपेश छत्कुलीले २३ औं अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुसंग एक-आपसमा साक्षातकार गर्न पाउँदा खुसी ब्यक्त गर्नुभयो। उहाले नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाइ आफ्नो क्षमता प्रदर्शन गर्न हिच्किचाउन नहुने बताउनु भयो। उहाँले एक नेतृत्वदायी भुमिका निर्माण गर्न सकिने सन्दर्भमा हरेक मान्छेमा बुद्धत्व रहेको र त्यो क्षमतालाइ हामिले चिन्न र प्रचार गर्न नसकेको बताउनु भयो। उहाँले बर्नहार्टले विद्यार्थीहरुको अन्तनिहित प्रतिभालाइ प्रस्फुटन गर्दै सर्बांगिण बिकासमा ध्यान दिइरहेको बताउनु भयो। अध्यक्ष छत्कुलिले अभिमुखिकरण कार्यक्रममा आफ्नो प्रतिभा देखाएका ७ जना विद्यार्थीहरुलाइ उनिहरुको प्रतिभा देखेर जनही रु. १ हजारका दरले पुरस्कार समेत बितरण गर्नुभयो। उहाले पुरस्कार बितरण कार्यक्रम सेड्युलमा नरहेपनी विद्यार्थीहरुले विभिन्न बिधामा देखाएको प्रतिभालाई सम्मान गरेको बताउनु भयो र उहाँले हरेक विद्यार्थीहरुले प्रतिभालाई लुकाउन नहुने तर्क पेश गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा CI (Counseling Encharge) ले विद्यार्थीहरु पढ्न आउदा पालना गर्नुपर्ने नियम अनुशासनको बारे ब्याख्या गर्नु भयो।
कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुलाई NEB Scholarship को लागी मापदण्ड पुरा गरेर वडाको सिफारिस लिएर आउन सुसूचित गर्द आगामि ४ गते भदौ शनिवार, बिहान ७ बजे, परिक्षा हुने बताइएइको छ। छात्रवृत्तिको लागि विद्यार्थीहरुले कक्षा ८, ९, १० को ग्रेडसिट र वडा सिफारिस लिएर आउनुपर्ने छ।
काठमाडौ बर्नहार्ट कलेजले आगामी भदौ २ गते बिहिबारबाट कक्षा संचालन गर्ने भएको छ।







