Oct 07 2026 | २०८३, आश्विन २१ गते

विद्यालय कर्मचारीले दिए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, भोलि देखि अनिश्चितआलिन तालाबन्दी ।

विद्यालय कर्मचारीले दिए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, भोलि देखि अनिश्चितआलिन तालाबन्दी ।

  • 1.1K
    SHARES

  • विद्यालय कर्मचारीले दिए शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना, भोलि देखि अनिश्चितआलिन तालाबन्दी ।

    भदौं, १ काठमाडौ । बिद्यालय कर्मचारीहरु द्वारा शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएका छन। नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिको आयोजनामा बिद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन्।

     नेपाल सरकार र नेपाल शिक्षक महासंघ विच भएको सम्झौता अनुसार सेवा सुविधा नपाएको भन्दै परिषदले यस अघि आन्दोलनको कार्यक्रम तय गरेका थिए। पटक पटक सरकारलाई आग्रह गर्दापनि माग सुनुवाई नभए पछि बाध्य भएर आन्दोलमा उत्रन परेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा तिवारीले बताए । अध्यक्ष तिवारिका अनुसार विद्यालय कर्मचारीहरुलाई सरकारले विभेदपुर्ण व्यवहार गरेको, पूर्ण सेवा सुविधा नदिए पछि काठमाडौं केन्द्रीत आन्दोलन गरीएको बताए ।Screenshot_20220817-161921_Facebook.jpg

    बिद्यालय कर्मचारीहरुले आज शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडी ११ बजेदेखी ४ बजे सम्म धर्ना दिएका छन भने भदौ २ गते अर्थात भोलिदेखी शिक्षा तथा मानव श्रोत बिकास केन्द्रमा तालाबन्दी गर्ने र अनिश्चितकालिन धर्नामा बस्ने बताएका छन् ।Screenshot_20220817-161904_Facebook.jpg

    नेपाल बिद्यालय कर्मचारी परिषद केन्द्रिय समितिले पूर्ण सेवा सुविधाको ग्यरेन्टी तत्काल गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६ हजार ७३० र विद्यालय सहयोगिको तलब २६ हजार २१० कायम गरीनुपर्ने राखेका छन। त्यसैगरी कर्मचारीहरुले आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीमा पनि हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकहरुलाई दिइ रहेको महँगी भत्ता दुई हजार उपलब्ध गराउनु पर्ने, विद्यालय कर्मचारीहरुको कोटालाई तहगत दरबन्दीमा परीणत गर्नुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रही अवकाश भएका विद्यालय कर्मचारीहरुलाई तहगत रुपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने, विभिन्न समयमा गरिएका सहमति, सम्झौंता तथा पटक पटक सर्वोच्च अदालतबाट दिइएको निर्देशन कार्यान्वयन गरिनुपर्ने लगाएत माग रहेका छन् ।Screenshot_20220817-161856_Facebook.jpgScreenshot_20220817-161847_Facebook.jpg

     

    यस्तो छन मागहरू ।

    FB_IMG_1660644714723.jpgFB_IMG_1660644717105.jpg

    images
    बुधवार, भाद्र १ २०७९०५:३०:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार