मंगलवार, भाद्र ७ २०७९
भदौ, ७ काठमाडौ । भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीहरूको मागमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाग्मती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । संगठनको बागमती प्रदेश समितिले एक बिज्ञाप्ति जारी गर्दै आन्दोलन प्रती ऐक्यबद्धता जनाएको हो।
शिक्षा ऐन २०२८ को १६ को 'ठ' बमोजिमको सेवा सुबिधा र हक अधिकारकालागी मुलुक भरका सामुदायिक बिद्यालयहरुमा कार्यरत कर्मचारीहरुले २०७९ भदौ १ देखि संचालन गरेको आन्दोलन प्रती ऐक्यबद्धता जनाएको बताइएको छ।
नेपाल सरकारको बिभिन्न सेवा समुहमा कार्यरत कर्मचारिहरुको समान तहको कर्मचारीहरुको तलब भत्ता र सेवा सुबिधाहरु असमानताले सबैभन्दा बढी शैक्षिक क्षेत्रमा परेको भन्दै बिद्यालय कर्मचारीले गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको बताइएको छ।
बिज्ञाप्तिमा सामुदायिक बिद्यालयहरुमा कार्यरत सम्पुर्ण बिद्यालय कर्मचारिहरुको साझा पेशागत संगठनको रुपमा स्थापित नेपाल बिद्यालय कर्मचारी परिषदले २०७९ भदौ १ देखि बिद्यालय कर्मचारीका जायज माग राखी घोषणा गरेको आन्दोनमा ऐक्यबद्धता जनाएको बताइको छ, साथै आन्दोलन बाट बिचलित नभै माग ओउरा गराउन तमाम बिद्यालय कर्मचारी एकजुट भै लाग्नु पर्ने बताइएको छ।
