Oct 07 2026 | २०८३, आश्विन २१ गते

सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न।

सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न।

  • 1.1K
    SHARES

  • सेन्ट लरेन्स कलेजको अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न।

    भाद्र, ७ काठमाडौ । 'तपाइको सफलता हाम्रो प्रतिबद्धता' मुख्य नारा सहित सेन्ट लरेन्स स्कुल/ कलेजले अभिमुखिकरण तथा परामर्श (Oriemtation & Councelling) कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौको चावेल स्थित कलेजले कक्षा ११ का विद्यार्थीहरु केन्द्रित अभिमुखिकरण कार्यक्रम राष्ट्रिय नाचघरमा सम्पन्न गरेको हो।FB_IMG_1661266057581.jpg

    कार्यक्रमको संचालन +2 कोर्डिनेटर मुकुन्द ढुङ्गानाले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स स्कुल/ कलेजका अध्यक्ष केशव प्रसाद दंगालले गर्नुभयो। अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथी काठमाडौ महानगर वडा ७ का बिमल होडा, बिशिस्ट अतिथि , कलेजका प्रीन्सिपल पुरुसोत्तम महर्जन, जीवन दर्शनका ज्ञाता तथा मेटिभेसनल स्पिकर रबिन कटुवाल, महानगर शिक्षा बिभाग प्रमुख राम प्रसाद सुवेदी, यम प्रसाद चौलागाइ (महानगर शिक्षा बिभाग) प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी, फाइनान्स डाइरेक्टर अजय खनाल लगाएतको उपस्थिति रहेको थियो।FB_IMG_1661266050031.jpg

    अभिमुखिकरण कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुबेधीले स्वागत मन्तव्य राख्नुभयो। उहाँले सेन्ट लरेन्स कलेजलाई छान्नुभएकोमा विद्यार्थीहरुलाई बधाइ दिदै अवको २ बर्ष हाम्रो जिम्मामा हुनुहुन्छ, आफुले मन लागेको र रुचि भएको बिषय छान्नुभएको छ, तपाइहरुको आगामी शैक्षिक भविस्य उज्ज्वल बनाउने जिम्मा कलेजको रहेको बताउनु भयो। उहाँले आफ्नो रुचि भएको बिषय छान्ने मानिस नै सफल हुने भन्दै विद्यार्थीहरुलाइ जवर्जस्ती बिषय नछान्न सुझाव समेत दिनुभयो।FB_IMG_1661266085219.jpg

    त्यसैगरी कलेजका प्रीन्सिपल पुरुसोत्तम महर्जनले SEE उत्तीर्ण गरेपछी विद्यार्थीहरुको नयाँ जिवनको शुरुवात हुने भन्दै कक्षा११ र १२ मिहेनत गरे आगामी भविष्य सफल रहने बताउनु भयो। उहाँले आफ्नो रुचिको बिषय आफै छानेर अध्यायन अध्यापनको लागि विद्यार्थीहरुलाइ सुझाव दिनुभयो। सेन्ट लरेन्स स्कुल/ कलेज देशै भरिमा Top Ten (उत्कृष्ट १०) मा पर्न सफल भएको भन्दै आफुले नजानेको बिषय आफ्नो गुरुहरुलाई प्रश्न गर्न नहिच्किचाउन समेत अनुरोध गर्नुभयो। उहाँले विद्यार्थीहरुले नियमित शिक्षकहरुसंग सहकार्य गर्दै आगामी शैक्षिक भविष्य निर्माणका लागी प्रतिबद्धता गर्नु जरुरी रहेको धारणा राख्नुभयो। उहाँले विद्यार्थीहरुको सफलता भनेकै शैक्षिक सँस्था र गुरुहरुको सफलता हुने बताउनुभयो।FB_IMG_1661265301983.jpg

    अभिमुखिकरण कार्यक्रममा काठमाडौ महानगरका शिक्षा बिभागका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा महानगर शिक्षा बिभाग प्रमुख रामप्रसाद सुबेधीले महानगरको प्रतिनिधिहरु सरकारी बिद्यालयतिर मात्रै ध्यान रहन्छ भन्ने सोचाइ छ यसलाइ तोड्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरुको चौतर्फी बिकासकोलागी संस्थागत बिद्यालयहरुले योगदान महत्वोपुर्ण रहेको बताउनुभयो। सामुदायिक बिद्यालयले मात्रै विद्यार्थीहरुको चाप धान्न नसक्ने भन्दै संस्थागत बिद्यालयहरुले नियम पुर्वक बस्नुपर्ने बताउनु भयो। त्यसैगरी भौतिक पुर्वाधार नपुगेका बिद्यालयहरु भने बन्द गर्दै लैजानुपर्ने धारण व्यक्त गर्नुभयो। उहाँले सामुदायिक दायित्व अन्तर्गत संस्थागत बिद्यालयलाई समेत सहयोग गर्नुपर्ने भन्दै सेन्ट लरेन्स कलेज राम्रो संग संचालन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो। सँस्थागत बिद्यालय जनशक्ति बाहिर पठाउने संस्थाको रुपमा मात्रै बिकास भएको भन्दै यो जनशक्ति देशलाइ काम लाग्ने बनाउनु पर्नेमा जोड दिनुभयो।FB_IMG_1661266087350.jpg

    त्यस्तै कार्यक्रममा मोटिभेस्नल स्पिकर (Life Coach & Corporate) रबिन कटवालले जिवनमा सानो कुराले पनि ठूलो महत्त्व राख्ने बताउनुभयो। उहाँले के त्यस्तो चिज पाइन्छ जसले संसार जित्न सकिन्छ भन्दै त्यसको लागि धैर्यता र समयको सदुपयोग गर्नसक्नुपर्ने बताउनुभयो। उहाँले जसले समयको मेनेज गर्न जान्दछ उसले कहिले जिवनमा धोका नपाउने बताउनुभयो। उहाँले ज्ञानको दायरा नहुने भन्दै बरु मानिससंग भएको ज्ञान अनुसार सफलता प्राप्त गर्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुलाइ उत्प्रेरित गर्दै शिक्षामा गरेको लगानिको मुनाफा जिवनभर प्राप्त हुने भन्दै SEE उत्तीर्ण गरेका विद्यार्थीहरुले अब को ७ बर्ष मिहेनत गर्नुहुन्छ भने बाँकी रहेको पूरा जीवन खुसिका साथ बाँच्न सकिने धारणा ब्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुलाइ सपना देख्नुपर्ने र सपना पुरागर्न कठिन मिहिनेतको खाँचो रहेको बताउनुभयो।FB_IMG_1661268469522.jpg

    अभिमुखिकरण कार्यक्रमको अन्त्यमा कलेजका अध्यक्ष सो कार्यक्रमका सभापति केशब प्रसाद दंगालले अभिभावकहरुलाइ सम्झिदै सेन्ट लोरेन्स कलेजमा पढ्न आएका विद्यार्थीहरुको शैक्षिक भविष्य सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कलेजलाई देशको भविस्य निर्माण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक कारखाना रुपमा चित्रण गर्नुभयो। उहाँले सेन्ट लरेन्स कलेजमा थाहा पाएर वा नपाएर आउनु भएको छ, दुई बर्सपछी पास आउट भएर जाँदा तपाइहरुलाई पछुतो मान्ने बनाउने छैनौ भन्दै विद्यार्थीहरुलाइ उत्प्रेरित गर्नुभयो।

    प्रीन्सिपल दंगालले सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। उहाँले तपाइहरुको उदेश्य हामी पूरा गर्नेछौ भन्दै विद्यार्थीहरुले अनुशाशित भएर अध्यायन अध्यापनमा ध्यान दिनेहो भने हरेक विद्यार्थीले देशको नाम संसार भरी फैलाउन सक्ने बताउनुभयो। त्यसैगरी उहाँले पढाइका साथसाथै अन्य रचनात्मक क्रियाकलापमा पनि कलेज अब्बल रहेको बताउनुभयो। विद्यार्थीहरुलाइ पढ्नका साथसाथै उसको शारीरिक अवस्था पनि तन्दुरुस्त हुनुपर्ने भदै विभिन्न स्पोर्ट्स क्रियाकलापमा कलेजले उल्लेख्य क्रार्यक्रमहरु संचालन निरन्तर गरिरहेको बताउनु भयो। त्यसैगरि विद्यार्थीहरुको सर्बांगिण बिकासका लागि आवस्यक पर्ने हरेक सामाग्रीहरु उपलब्ध गराउने बताउनुभयो।FB_IMG_1661266087350.jpg

    अभिमुखुकरण कार्यक्रममा हाल कक्षा १२ मा अध्ययनरत एलिसा श्रेष्ठले आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिन्। १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित कलेज प्रवेश गरेको र आज कलेजले आफूलाई गरिरहेको मार्गनिर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कलेजले शिक्षा मात्रै नभई व्यक्तित्व विकासका लागि पनि काम गर्ने र थुप्रै अवसर दिने हुँदा सेन्ट लरेन्स सँगको प्रत्येक दिन अर्थपूर्ण हुने उनको भनाइ थियो।FB_IMG_1661266076893.jpg

    अभिमुखिकरण कार्यक्रममा सेन्ट लरेन्सबाट आफ्नो अध्ययन पूरा गरी हाल आ- आफ्नो क्षेत्रमा स्थापित डाक्टर, इन्जिनियर, पाइलट, सिए, अधिवक्ता, बैंक अधिकृत आदिलाई विशेष आकर्षणका रूपमा कलेजले प्रस्तुत गरेको थियो भने सेन्ट लरेन्सका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई सम्मान समेत गरेको थियो।FB_IMG_1661266098270.jpgFB_IMG_1661266031296.jpgFB_IMG_1661265288636.jpgFB_IMG_1661265293575.jpgFB_IMG_1661265271835.jpgFB_IMG_1661265263866.jpg

     

    images
    मंगलवार, भाद्र ७ २०७९०९:०१:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार