बुधवार, भाद्र ८ २०७९
भाद्र, ८ काठमाडौ । कुलेश्वर आवास माध्यामिक बिद्यालयले कक्षा ११ का विद्यार्थीहरु केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौ महानगर वडा १४ को कुलेश्वरमा स्वस्थित बुढानिलकण्ठ मोडेललमा संचालित सो बिद्यालयले अभिमुखिकरण कार्यक्रम एक सम्पन्न गरेको हो।
कार्यक्रममा भाइस प्रीन्सिपल सुरेस सुवेदीले विद्यार्थीहरुलाई मन्तव्यद्वारा स्वागत गर्नुभयो। उहाँले SEE मा जस्तोसुकै नतिजा आएपनी आगामी दिनहरुमा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। अहिलेको युग बहुप्रतिस्पर्धात्मक भएको भन्दै विद्यार्थीहरुले कठीन मिहेनत गरेर मात्रै सफलता हासिल गर्न सक्ने बताउनुभयो।
तस्तै कार्यक्रममा स्कुलका डाइरेक्टर प्रकाश भण्डारिले आजको विद्यार्थीहरु भोलिको देश निर्माण गर्ने जनशक्ति भएकोले कुलेश्वर आवासमा अध्यान गर्न आउनुभएका विद्यार्थी भाइबहिनीहरुलाइ त्यो हैसियतमा पुर्याउन स्कुलले मिहेनत गर्ने बताउनु भयो। उहाँले विद्यार्थीहरु समयको ब्यबस्थापन गरि आफ्नो अध्यायन र अन्य रचनात्मक क्रियाकलापमा सहभागी भइ आफ्नो र अभिभावकको सपना पुरागर्न समर्पित हुनुपर्ने बताउनु भयो। कुलेश्वर आवास बिद्यालय अध्यायनका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहदै आएको छ। स्कुलले हरेक हप्ता ४ पिरेड स्पोर्ट्स कक्षा संचालन गर्दै आइरहेको डाइरेक्टर भण्डारिले बताउनु भयो। त्यसैगरी उहाँले विद्यार्थीहरुको चाहना अनुसार इनोभेटिभ कार्यक्रम संचालन गर्ने समेत बताउनु भयो।
अभिमुखिरण कार्यक्रमको अन्त्यमा स्कुलका प्राचार्य मेगराज दुलालले कुलेश्वर आवास बिद्यालय शैक्षिक तथा भौतिक संरचनामा समेत अब्बल रहेको बताउदै SEE उत्तीर्ण गरेर कक्षा ११ मा पढ्न आउनुभएका नयाँ विद्यार्थीहरुलाई बधाइ तथा आगामी भविष्यको शुभकामना व्यक्त गर्नुभयो। सार्वजनिक शैक्षिक गुठी अन्तर्गत संचालित गैरनाफामुखी सँस्था भएकोले निम्न आयस्तर भएका अभिभावकहरुले समेत अध्यायन अध्यापन गराउन सक्ने बताउनुभयो।
उहाँले शिक्षकहरुलाई इङ्कित गर्दै विद्यार्थीलाई पढाउन भन्दा पहिला कक्षाकोठामा गएर विद्यार्थीहरुको स्मस्या बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरुलाई हाम्रो सोसाइटी अनुसार ब्यबाहार गर्नुपर्ने बताउनु भयो। अभिमुखिकरण कार्यक्रममा प्रीन्सिपल दुलालले बिद्यालयले शिक्षण सिकाइ प्रकृयामा कक्षाकोठामा ICT को प्रयोग, Activity Base Learning, र Non vailence communication (NVC) मा मुख्य ध्यान दिने गरेको बताउनुभयो।
झण्डै ९ रोपनी जग्गाला भौतिक सुबिधासम्पन्न कुलेश्वर आवास बिद्यालय २०६६ सालदेखी मोडेल स्कुलको रुपमा संचालन हुँदै आएको छ। स्कुलले आगामी भदौ ९ गते देक्गी कक्षा संचालन गर्ने जनाएको छ।