बुधवार, भाद्र ८ २०७९
भदौ, ८ काठमाडौं। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । नेबिसंघले विभिन्न विषयका परीक्षामा गत वर्षकै प्रश्न हुबहु दोहोर्याएको बारे छानबिन गर्न गठित समितिले त्रिविलाई प्रतिवेदन बुझाए पनि सार्वजनिक नभएको भन्दै उपकुलपति कार्यकक्ष भित्रै विरोध प्रदर्शन तथा कुर्सीमा जुत्ताको माला लगाइदिएका हुन् ।
यसअघि देखी नै छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि त्रिभुवन विश्वविद्यालयले नगरे पछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेविसंघले जनाएको छ । साथै उपकुलपतिलाई पटक पटक भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाइदिँदै कार्यकक्षमा नारावाजी गर्नुका साथै उपकुलपति धर्मकान्त बाँस्कोटाको राजीनामा माग गरेका थिए ।
गत जेठ १८ गते लिएको अर्थशास्त्रअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ लगायत विषयका प्रश्नपत्र गत वर्षकै दोहोरिए पछि विद्यार्थीले विरोध गरेका थिए भने छानबिन गर्न समिति बनेको थियो ।