बुधवार, भाद्र ८ २०७९
भाद्र, ८ काठमाडौ । रक्तकाली फाउन्डेसनद्वारा संचालित ह्वाइट फिल्ड स्कुल/ कलेजले अभिमुखिकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौको नयाँबजार स्थित कलेजले कक्षा ११ का विद्यार्थीहरु केन्द्रित अभिमुखिकरण कार्यक्रम स्कुलको सेमिनार हलमा भब्यरुपमा सम्पन्न गरेको हो।
अभिमुखिकरण कार्यक्रम संचालन श्री राम मनि बगालेले गर्नुभयो भने कार्यक्रमको अध्यक्षता रक्तकाली फाउन्डेसनका अध्यक्ष फाउन्डर डाइरेक्टर गोपाल कृष्ण श्रेष्ठले गर्नुभयो। अभिमुखिकरण कार्यक्रममा बिशिस्ट अतिथि तथा प्रीन्सिपल पारस श्रेष्ठ, कार्यक्रम निर्देशक महेस अर्याल लगाएतको शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा ह्वाइट फिल्ड स्कुल / कलेजका प्रीन्सिपल पारस श्रेष्ठलेले नयाँ विद्यार्थीहरुलाई स्वागत मन्तव्य दिनुभयो। बिगत ४२ बर्ष देखि बजारले माग गरे अनुरुपको जनशक्ति उत्पादन गर्दै आइरहेको भन्दै SEE पास गरेर कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको शैक्षिक भविस्य उज्ज्वल रहने बताउनुभयो। उहाँले हाम्रो अनुभव र तपाइहरुको इच्छाशक्तिले हाम्रो शिक्षण सिकाइ क्रियाकलाप अत्यन्तै फलदायी रहने बताउनुभयो। आफ्नो भित्री मनले बिषय छान्नुभएको छ, यो दुई बर्ष त्यसमा तपाइहरुले जग हाल्नुपर्ने छ र आगामी दुई बर्षपछी त्यस्को गहिराइमा जान त्यो अनुरु अध्यायन अध्यापन गर्नुपर्ने हुन्छ। प्रीन्सिपल श्रेष्ठले मिहिनेत गरेर अध्यायन गर्यौ र हाम्रो जिम्मेवारी बहन गर्यौ भने हाम्रो देशमा अवसरहरु धेरै छन, त्यो अवसर ह्वाइट फिल्ड कलेजले दिने बताउनु बताउनुभयो ।
प्रीन्सिपल श्रेष्ठले विद्यार्थीहरु आफूभित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न शिक्षकहरुलाई हरेक कुरा शेयर गर्ने र स्कुलले दिएको अवसर भरपुर प्रयोग गर्नुस तपाइहरुको शैक्षिक करियरलाई बिश्व बजारले सम्मान गर्न सक्ने ह्वाइट फिल्ड कलेजले बनाउन प्रतिबद्ध रहेको बताउनु भयो। आफुले पढेको कुराले पुस्तौपुस्ता सम्म कामलाग्ने कुरा दिन सक्ने उहाँले विद्यार्थीहरुले कडा मिहेनत गरे हामी अत्यन्तै गुणस्तरीय र जिवनउपयोगि शिक्षा प्रदान गर्ने बताउनु भयो।
त्यसैगरी फाउन्डर डाइरेक्टर कृष्ण गोपाल श्रेष्ठले नेपालमा कक्षा ११ र १२ पढाउने पहिलो स्कुल ह्वाइट फिल्ड रहेको भन्दै २०३७ सालमा स्थापित बिद्यालयमा २०४७ बाट एसएलसी (कक्षा १०) र २०५१ सालमा +२ सुरु गरेको बताउनु भयो। उहाले २०४७ साल देखि आज सम्म एसएलसी र एसइई परिक्षामा कुनै पनि विद्यार्थीहरु फेल नभएको एक मात्रै स्कुल ह्वाइट फिल्ड रहेको बताउनु भयो।
अध्यक्ष श्रेष्ठले नयाँ आउने विद्यार्थी भाइबहिनिहरुलाई अध्यायन र अध्यापनको लागि नयाँ जीवन शुरु भएको भन्दै कठिन मिहेनत गरे सफलताको उचाइ चुम्न सकिने बताउनु भयो। उहाँले स्कुल/ कलेजका विद्यार्थीहरुको सर्बांगिण बिकासकोलागि निरन्तर लागिरहेको भन्दै नयाँ पढ्न आउने विद्यार्थीहरुको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताउनु भयो। उहाँले दिमाग खुल्ला बनाउनुस्, कलेजले आयोजना गरेका हरेक क्रियाकलापहरुमा भाग लिनुस, गुणस्तरीय शिक्षाको लागि हाम्रो प्रतिबद्धता रहेको धारणा राख्नु भयो।
त्यसैगरी एक अर्को सन्दर्भमा अध्यक्ष श्रेष्ठले पढेर बिदेश जाने सोच त्याग्न विद्यार्थीहरुलाइ सुझाव दिदै, आफ्नै देशको श्रोत साधन, माटो र हावापानी चिन्न सके हजारौ अवसरहरु हाम्रो पछाडी आइलाग्ने बताउनु भयो। उहाँले दक्षजनशक्ति बिदेश जाने र आफ्नो देशको श्रोत साधन प्रयोग गर्न नपाउदा हाम्रो देश बिकास हुनबाट पछि परेको समेत बताउनु भयो।
अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक नृत्यहरुको प्रस्तुत गरेका थिए। ह्वाइट फिल्ड कलेजले आगामी आइतबार बाट ११ को कक्षा संचालन गर्ने जानकारी दिएको छ।




