बिहिवार, भाद्र ९ २०७९
भदौ, १० काठमाडौ । सेवा सुविधा वृद्धिको माग गर्दै विद्यालय कर्मचारी परिषद्ले आज खुला मञ्चदेखि माइतीघर सम्म र्यालीको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् । भदौ १ देखि उपत्यका केन्द्रित आन्दोलन गरिरहेका विद्यालय कर्मचारीहरूले नवौं दिनमा हजारौंको र्याली सहित प्रदर्शन गरेका हुन्।
आज बिहान ९ बजे खुलामञ्चदेखि माइतीघर सम्म गरिएको र्यालीमा हजारौंको सहभागितामा शक्तिप्रदर्शन गर्दै माइतीघरमा पुगेर कोणसभाभा परिणत भएको थियो। पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारीहरूले र्यालीको आयोजना गरेका हुन्।
परिषद्को आन्दोलन अहिले माइतीघर मण्डलमा पुगेको छ । भदौ १ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धर्ना, दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो ।
बिद्यालय कर्मचारी परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।