शुक्रवार, भाद्र १० २०७९
भदौ, १० काठमाडौ । नोप्सो (NORTH WESTERN PRIVATE SCHOOLS ORGANISATION - NWPSO) द्वारा आयोजित तिज गित प्रतियोगितामा द सनसाईनले उपाधी हात पारेको छ। नोप्सोमा आबध्द १५ बिद्यालय विच तिज गित प्रतियोगिता आयोजना गरिएकोमा उक्त बिद्यालयका विद्यार्थी द्वितीय हुन सफल भएका हुन्।
कार्यक्रममा प्रथम उपादी द एक्सेल पब्लिक स्कुल ले हासिल गर्यो भने तृतीय उपादी यू एस ऐकेडेमिले हासिल गरेको थियो। नागार्जुन न. पा., का म न पा १५ र १६ मा अवस्थित करिव २० विद्यालयको छाता संगठन नोप्सोले वालवालिकाको सर्वाङिण विकासलाई मध्यनजर गर्दै विविध कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा नोप्सोका अध्यक्ष राजेश्वर श्रेष्ठले सभापतित्व गर्नुभएको थियो भने प्यावसनकि केन्द्रिय उपाध्यक्षको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा क्रमश द एक्सेल पब्लिक, द सनसाईन, विभुति विद्यामन्दिर र यू एस ऐकेडेमिले सफलता हासिल गरेका थिए। सफलता हाँसिल गर्ने विद्यार्थीहरुलाइ मेडल र ट्रफीले सम्मान गरेको थियो।