Jul 27 2026 | २०८३, श्रावण ११ गते

एभरेष्ट इनोभेटिभ कलेज (इ.आ.सी) मा नै किन पढ्ने ?

एभरेष्ट इनोभेटिभ कलेज (इ.आ.सी) मा नै किन पढ्ने ?

  • 1.1K
    SHARES

  • एभरेष्ट इनोभेटिभ कलेज (इ.आ.सी) मा नै किन पढ्ने ?

    भदौ, १० काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. १३ को सोल्टीमोडमा रहेको एभरेष्ट इनोभेटिभ कलेज (इ.आई.सी /EIC) विगत २४ वर्षदेखि उच्चस्तरको शैक्षिक गुणस्तरका कारण यस क्षेत्रका सम्पूर्ण विद्यार्थी र अभिभावकको रोजाइको एक नम्बरमा परेको छ । आजको यस परिस्थितिमा ई.आई.सी. नै किन पढ्ने त भन्ने कुरालाई प्रमाणित गर्ने निम्न आधारहरू रहेका छन् ।Screenshot_20220802-084547_Chrome.jpg

    १. गर्विलो इतिहास, उज्वल भविष्य र उच्च उपलब्धिको लागि अंग्रेजीमा एउटा भनाई छ "Morning shows the day" विहानीले दिउँसोको सङ्केत गर्छ । त्यसरी नै विगतले आगतलाई निर्देशित र प्रभावित बनाउँछ । विगत २४ वर्षदेखि ई.आई.सी. नेपालको शैक्षिक क्षेत्रमा अटल रुपमा अविराम उच्च उपलब्धिका साथ अगाडि बढिरहेको चम्किलो ताराको रुपमा उदाएको छ । साविकको उच्च मा.वि. वा कक्षा ११ र १२ तथा त्रिभुवन विश्वविद्यालयका परीक्षाहरूमा नेपालकै सर्वोत्कृष्ट नतिजा (Result) प्राप्त गरी देशको समग्र शैक्षिक प्रतिस्पर्धा र उपलब्धिमा Everest Innovative Clloege / Everest Secondary School नेपालको शिक्षा क्षेत्रको सगरमाथाकै रुपमा स्थापित भएका छन् ।

    उच्च शैक्षिक योग्यता, क्षमता, र तालिम पाएका अनुभवी तथा दक्ष शिक्षक – शिक्षिकाहरूको प्राज्ञिक समूह गुणस्तरीय शिक्षा प्रदान गर्न निरन्तर रुपमा अनुसन्धान गर्दै नयाँ–नयाँ र प्रभावकारी शिक्षण विधिहरूको प्रयोग गरेर अध्ययन अध्यापनमा संलग्न रहेको छ । प्रगतिको गौरबमय इतिहासमा ई.आई.सी का धेरै विद्यार्थीहरूले एम.वि.वि.एस.र इन्जिनियरिङमा निशुल्क छात्रवृत्ति कोटामा नाम निकालेर अध्ययन गरी देशका विभिन्न क्षेत्रमा योगदान गरी रहेका छन् भने हजारौंको सङ्ख्यामा चार्टर अकाउन्टेन्ट (CA) व्यवस्थापकहरू उत्पादन भइसकेका छन् ।

    विद्यार्थीहरूको सर्वपक्षीय विकासको लागि विविध कार्यक्रमहरू पनि ई.आ.सी ले आफ्ना विशेषतामा समावेश गरेको छ । Career Counseling, guidance र motivational sessions साथै प्रशस्त अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूलाई विविध क्षेत्रमा अब्बल बनाएको छ । समग्र शिक्षाको मूल उद्देश्य नै गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षाको पर्याय बनिसकेको ई.आई.सी. लाई आफ्नो शैक्षिक यात्राको सहयात्री छान्नु नै सबैभन्दा उत्तम निर्णय हुनेछ ।Screenshot_20220802-084839_Chrome.jpg

    २. उत्कृष्ट भौतिक सुविधाहरू

    ई.आई.सी.ले आफ्नो भवनको हातामा शैक्षिक गुणस्तर कायम गर्नकोे लागि आवश्यक पर्ने उत्कृष्ट भौतिक सुविधाहरू उपलब्ध गराएको छ ।

    • सम्पूर्ण कक्षाकोठाहरूमा प्रोजेक्टरको व्यवस्थापन

    • श्रव्य–दृश्य ((audio,visual) लागि साउण्ड सिस्टमको व्यवस्था

    • मर्यादित (audio,visual)व्यवस्थापनको लागि सि.सि.टि.भी. को व्यवस्था

    • आरामदायी फर्निचरको व्यवस्था

    • प्रोजेक्टर र साउण्ड सिस्टम सहितको सेमिनार हलको व्यवस्था

    • इन्टरनेट सहितको कम्प्युटर प्रयोगशाला (Computer Lab) को व्यवस्थापन

    • छुट्टै Computer Hardware Lab को ब्यवस्था

    • WiFi सहित IT सुविधा सम्पन्न कक्षाकोठाको व्यवस्था

    • प्रविधि सम्पन्न विज्ञान प्रयोगशाला – Physics Lab, Chemistry Lab and Biology Lab को व्यवस्था ।

    • प्रचुर मात्रामा अतिरिक्त कृयाकलाप Extracurricular Activities and Co-curricular Activities and Resourceful Library को व्यवस्था ।

    • Resourceful Library को व्यवस्था (Clloection of Textbooks, Reference Books, Literary Books and Inspiring र Motivational Books)

    • विभिन्न क्षेत्रका लागि कलेज बसको व्यवस्था

    • कक्षामा Qmudent proflie / progress report गरी पढाउने ।

    • Qmudent proflie / progress report को व्यवस्था

    • Continuous Assessment System र Scientific Evaluations System को व्यवस्था

    • Further career counseling र M.B.B.S. तथा B.E. को Entrance Preparation class को व्यवस्थाFB_IMG_1661524112021.jpg

    ३. न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा

    माथि उल्लेखित सुविधा प्रदान गर्ने स्कुल–कलेजले महंगो शुल्क लिने गरेको पाइन्छ तर उत्कृष्ट नतिजा, उच्च गुणस्तर र अब्बल तहको भौतिक सुविधा प्रदान गरेर पनि ई.आई.सी. ले अत्यन्तै न्युन शुल्कमा विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेको छ । शिक्षालाई सामाजिक उत्तरदायित्व र सेवाको रुपमा लिएर नै यस कलेजले सामान्य निजि विद्यालयहरूको भन्दा पनि कम शुल्कमा नै सर्वोकृष्ट शिक्षा दिएको कारण यो अवसरलाई समयमा नै सदुपयोग गर्नु हुन सवै अभिभावक तथा विद्यार्थी वर्गमा सादर अनुरोध गरिन्छ ।FB_IMG_1661524291134.jpg

    ४. दायाँ र बायाँ मस्तिष्कको संयोजन गरेर मनोवैज्ञानिक रुपमा पढाइने नेपालको वर्तमान शिक्षा प्रणलीले बाँया मस्तिष्कको प्रयोगमा मात्र बढी जोड दिएर शिक्षा–दीक्षा प्रदान गरिरहेको छ तर बायाँ मस्तिष्कले मानवीय मस्तिष्कको जम्मा १० प्रतिशत क्षमता मात्र ओगट्ने तथा गणित, तर्क र भाषा सिक्न मात्र सहयोग गर्ने भएकोले यो सीमित हुन्छ तर दाँया मस्तिष्कले दिमागी क्षमताको ९० प्रतिशत ओगट्ने र यसले विद्यार्थीलाई सिर्जनशील बनाउने भएको कारण हाम्रो शिक्षामा दाँया मस्तिष्कको प्रयोगलाई प्राथमिकतामा राख्नु आवश्यक छ । यस कलेजले आफ्ना विद्यार्थीको दाँया मस्तिष्कलाई शिक्षामा सक्रिय बनाउने किसिमले पठन पाठन सञ्चालन गर्ने भएको कारण यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो संभावित क्षमताको पूर्ण प्रयोग गर्दछन् र उत्कृष्ट नतिजा ल्याउनुका साथै आफ्नो क्षेत्रमा राम्रो प्रगति गर्ने क्षमता आर्जन गर्न सक्छन् ।Screenshot_20220826-205336_Gmail.jpg

    ५. षष्टाङ्गी शिक्षा प्रदान गरिने

    आजको विश्व भोगवाद र यन्त्रीकरणको कारण मानवता विहीन, चिन्तनविहीन, कर्महारा, कर्तव्यच्यूत र संस्कारहीन बनिरहेको छ । यस दुर्दशाको लागि देशले अवलम्बन गरेको गलत शिक्षा प्रणली र पश्चिमा प्रभाव प्रमुख रुपमा जिम्मेवार छन् । यस दुश्चक्रको प्रभावबाट विद्यार्थीहरूलाई बचाउनको लागि इ.आई.सी. ले षष्टाङ्गी शिक्षा प्रदान गर्न थालेको छ । जसमा मानव जीवनका प्रमुख छ पक्षहरू (dimensions) दर्शन (Phliosophy), सकारात्मक मनोविज्ञान (Positive Psycholology) व्यावसायिक सीप (professional skills) असल संस्कार (Good culture or conduct or), उद्यमशीलता (Entrepreneursiph) र मानवीय देश भक्ति (Humane patriotism) सहितको शिक्षा प्रदान गरिन्छ । दर्शन शास्त्रले विद्यार्थीलाई जीवन र जगतलाई सही किसिमले बुझ्न सहयोग गर्छ र चिन्तनशील पनि बनाउँछ । त्यसैले आजको शिक्षाको आँखा भनेको नै दर्शन र विचार भएको कारण यसलाई आधुनिक शिक्षाको एक अभिन्न अङ्ग बनाउनु पर्दछ । त्यसैगरी मनोविज्ञान शिक्षाको अर्को महत्वपूर्ण पक्ष हो र सम्पूर्ण शिक्षक शिक्षीकामा बालमनोविज्ञानको ज्ञान हुनु आवश्यक छ । त्यसैगरी मनोविज्ञानको ज्ञानले सम्पूर्ण शिक्षक–शिक्षिकालाई Emotional Intlleigence balance गर्न सहयोग गर्छ । विद्यार्थीको उमेर समूह अनुसार उनीहरूको आवेग, सम्वेग र बौद्धिक क्षमता फरक हुनुको साथै रुचि र चाहना पनि फरक पर्ने भएका कारण शिक्षक शिक्षिकाले सोही अनुसार शिक्षण गर्न आवश्यक छ । त्यसैगरी मनोविज्ञानको ज्ञानले मानिसमा आफु र अरुलाई बुझ्न र सोही अनुसारको व्यवहार गर्न सहयोग गर्ने भएको कारणले शिक्षामा मनोविज्ञान समावेश गरिनु आवश्यक छ ।Screenshot_20220826-205217_Picsart.jpg

    इ.आई.सी. ले प्रदान गर्ने शिक्षामा व्यवसायिक सीप वा व्यवहारिक शिक्षालाई पनि उच्च स्थानमा राखिएको छ । व्यवहारिक सीपयुक्त शिक्षाले मात्र व्यक्तिलाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सक्छ । व्यवसायिक क्षमता विनाको सैद्धान्तिक शिक्षा अनुत्पादक र बोझमात्रै हुने भएको कारण अबको शिक्षा प्राविधिक, व्यवहारिक र व्यवसायिक हुन जरुरी छ । असल संस्कार विनाको बौद्धिक क्षमाता र शिक्षा समाज, राष्ट्र र विश्वकै लागि पनि अत्यन्तै घातक हुनसक्छ । जब पढेलेखेका बौद्धिक क्षमतावान् मानिसहरू अनैतिक र आचरणहीन हुन्छन् उनीहरू समाजको लागि खतरनाक हुन् सक्छन् । उनीहरू उच्चस्तरको भ्रष्टचार र अपराध गर्ने तथा समाजमा आतङ्क फैलाउँदै विनासकारी काम गरी धेरै इमान्दार सर्वसाधारण जनतालाई दुःख दिन पनि सक्ने हुन्छन् । त्यसैले आचरण शिक्षा समाजको लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । ई.आई.सी. ले आफ्ना विद्यार्थीहरू उच्च नैतिकताको गहनाले विभूषित भएको शिक्षालाई पहिलो प्राथमिकतामा राखेकोले यस कलेजबाट शिक्षा पाएका विद्यार्थीहरू उच्च नैतिक मूल्य र मान्यताले ओतप्रोत भएका हुन्छन् ।

    सकारात्मक मनोविज्ञान मानव जातिकै लागि एक बरदान र प्रगतिको बीज हो । यसले भन्छ, कि हरेक मानिसमा विशेष क्षमता वा हालसम्म विश्वमा नै नभएको उपलब्धि हासिल गर्न उत्प्रेरित गर्न सकिन्छ । त्यसैले ई.आ.ई.सी. मा हरेक विद्यार्थीको रुचि र क्षमतालाई पहिचान गरी त्यसक्षेत्रमा अगाडि बढ्न विद्यार्थीलाई उत्प्रेरित र उत्साहित बनाउन उचित परामर्श दिइन्छ । यसले विद्यार्थीहरूलाई खुःसी बनेर आफ्नो अध्ययनलाई अगाडि बढाउन सहयोग गर्ने भएकाले उनीहरूले छिटै सिक्ने, तीब्र गतिमा प्रगति गर्ने र महानबन्ने दिशातर्फ अगाडि बढ्न सहज बनाउँछ ।Screenshot_20220826-205318_Gmail.jpg

    मानवीय जीवनमा प्रगति, उन्नति र संबृद्धिको लागि उद्यमशीलता को भावना आवश्यक हुन्छ । प्राविधिक सीप भएका मानिसहरू पनि उद्यमशिलता को चेतना नहुँदा सामान्य जागिरे जीवनमा अलमलिएका हुन्छन् र कुनै उल्लेखय प्रगति नगरी आफ्नो जीवन व्यतित गरिरहेका हुन्छन् । तर तिनै व्यक्तिहरूमा उद्यमशीलताको चेतना भरिदिने हो भने उनीहरू विनोद चौधरी, स्टिभ जब्स र विलगेट्स जस्ता उद्योगपति बन्नसक्छन् । त्यसैले हामी शिक्षा सँगै उद्यमशील चेतना विद्यार्थीहरूमा प्रवाह गर्दछौँ । हामीले हाम्रो अस्तित्व र पहिचानको लागि आफ्नो राष्ट्र, संस्कृति, भाषा र मौलिकता जस्ता कुराको जर्गेना र संरक्षण गर्न सक्नु पर्दछ । आजको नयाँ पुस्ताको दिमागमा राष्ट्रभक्ति धमिलो र कमजोर बन्दै गएको छ । देश भक्ति मर्‍योभने पहिचान र मौलिकता पनि जीवित रहन सक्दैन देश भक्ति र राष्ट्रवादमा भिन्नता छ । त्यसैले आजको आवश्यकता भनेको देशप्रेम हो जसमा अरुदेशका मानिसहरूलाई पनि माया र सम्मान गर्दै आफ्नो देशलाई माया गर्ने र राष्ट्रको शीर उचो राख्न प्रयास गर्ने असल नागरिक तयार गर्नु हरेक शैक्षिक संस्थाको प्रमुख कर्तव्य हुन आउँछ । इ.आई.सी.ले उक्त कर्तव्य प्राथमिकताका साथ पालना गरेको छ ।

    माथि उल्लेखित विविध कारणहरूले ई.आई.सी. को शिक्षा अन्य कलेजहरूको शिक्षा भन्दा गुणस्तरीय र राम्रो भएको कारण आफ्नो भविष्यलाई समुज्वल बनाउन र जन्मलाई सार्थक बनाउन ई आई.सी. लाई नविर्सनुहोला भन्ने अनुरोध गर्दै यहाँकोे प्रगतिको कामना गर्दछौँ ।Screenshot_20220826-205240_Picsart.jpg

    हरि प्रसाद काफ्ले- CEO

    एभरेष्ट इनोभेटिभ स्कुल तथा कलेज

    सोल्टीमोड, कालिमाटी, काठमाडौं

    फोनः ०१–५३७४५९०, ५३७४५९३ र ५३८३९७२

     

    images
    शुक्रवार, भाद्र १० २०७९०८:३५:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार