Oct 07 2026 | २०८३, आश्विन २१ गते

शिक्षा मन्त्रालयद्वारा बिद्यालय कर्मचारिलाई बार्ता र छलफलकोलागि आह्वान।

शिक्षा मन्त्रालयद्वारा बिद्यालय कर्मचारिलाई बार्ता र छलफलकोलागि आह्वान।

  • 846
    SHARES

  • शिक्षा मन्त्रालयद्वारा बिद्यालय कर्मचारिलाई बार्ता र छलफलकोलागि आह्वान।

    भदौ, १२ काठमाडौ । बिगत केहि दिनदेखि आन्दोलन गरिरहेको नेपाल बिद्यालय कर्मचारी परिषदलाई शिक्षा ,बिज्ञान तथा प्राविधि मन्त्रालयद्वारा वार्ता र छलफलको लागि बोलाएको छ। आज भाद्र १२ गते एक सूचना जारी गर्दै आन्दोलनरत कर्मचारीहरुलाई वार्ता र छलफलको लागि अनुरोध गरेको हो।

    मन्त्रालयले मिति २०७९/०४/२३ मा सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष पेश गरेको ज्ञापन पत्र र सेवा सुबिधा सम्बन्धि मागहरू राखेर आन्दोलन गरेको आन्दोलनरत कर्मचारी परिषदप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिद्यालय कर्मचारीहरुको सेवा सुबिधालाई ब्यवस्थित किसिमले हल गर्न र समस्याको समाधान खोज्न प्रयास जारी गरेको कुरा उल्लेख गर्दै हाल गरिएको आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरि वार्ता र छ्लफलबाट हल खोज्न र दैनिक पठनपाठन सहज परिदिनुहुन अनुरोध गरिएको हो ।

    FB_IMG_1661696676746.jpg

    images
    आइतवार, भाद्र १२ २०७९०९:५०:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार