Oct 07 2026 | २०८३, आश्विन २१ गते

त्रिवि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा विद्यार्थीले झुन्ड्याए घडी र क्यालेन्डर

त्रिवि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा विद्यार्थीले झुन्ड्याए घडी र क्यालेन्डर

  • 545
    SHARES

  • त्रिवि परिक्षा नियन्त्रक सचिवालयको ढोकामा विद्यार्थीले झुन्ड्याए घडी र क्यालेन्डर

    भदौ, १९ काठमाडौँ । त्रिभुवन बिश्वबिद्धालय परीक्षा नियन्त्रक कार्यालय बल्खुको सचिवालयको ढोकामा एक जना विद्यार्थीले भित्तेघडी र क्यालेन्डर झुन्ड्याइदिएका छन। स्नातक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी लोकराज आचार्यले भित्तेघडी र क्यालेण्डर झुण्ड्याइदिएका हुन।

    विद्यार्थी लोकराज आचार्यका अनुसार समय व्यवस्थापन गर्न नसकेको भन्दै सांकेतिक रुपमा दबाब दिने उद्देश्यले यो कार्य गरेको बताए। उनले भने, 'ब्याचलर पढ्न थालेको २०७६ सालमा हो तर परीक्षा २०७८ सालमा भयो, दोस्रो वर्षको परीक्षा दिएर अहिले म तेस्रो वर्ष पुगिसकें, परिक्षा दिएको पनि १३ महिना भन्दा बढी भइसक्यो तर प्रथम वर्षको नतिजा अझै आएको छैन।'

    उनले समय हेर्ने घडी र मिति हेर्ने क्यालेन्डर बिश्वबिद्धालय परिक्षा नियन्त्रक पुष्पराज जोशी लगायतका माथिल्लो ओहदाका कर्मचारीहरुलाई दिने सोचेकोमा उनीहरु कार्यालय मा उपस्थित नभएको कारण सचिवालयको कार्यलयमा झुन्ड्याउनु परेको बताए।

    त्रिभुवन बिश्वबिद्धालयले क्यालेन्डर अनुसार शैक्षिक तथा परिक्षाका गतिविधिहरु नगर्दा स्नातक तहमा विद्यार्थीहरुको ३ बर्षे कोर्स ५ बर्ष र ४ बर्षे कोर्स ६ बर्ष सम्म लाग्ने गुनासो विद्यार्थीहरुको छ।

     

    images
    आइतवार, भाद्र १९ २०७९०२:५६:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार