Oct 07 2026 | २०८३, आश्विन २१ गते

नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि दिउँसै मैनबत्ती बालेर प्रदर्शन।

नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि दिउँसै मैनबत्ती बालेर प्रदर्शन।

  • 407
    SHARES

  • नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि दिउँसै मैनबत्ती बालेर प्रदर्शन।

    भदौ, २१ काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि दिउँसै मैनबत्ती बालेर प्रदर्शन गरेको छ। बिगत लामो समयदेखि विभिन्न मागहरु अघि सारेर आन्दोलन गर्दै आएको नेविसंघले मंगलबार दिउँसो उपकुलपति कार्यालय अगाडि मैनबत्ती बालेर प्रदर्शन गरेको हो। 

    नेविसंघका एक जना नेता श्यामराज ओझाले विश्वविद्यालयलाई अस्तव्यस्त छोडेर फिनल्यान्ड गएका उपकुलपति डा. धर्मकान्त बास्कोटाको खोजी गर्दै दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोजेका बताए। उनले ‘मिडियामा विश्वविद्यालय सुधार गर्छौं भन्ने उपकुलपति व्यवहारमा शून्य बताउदै विश्वविद्यालय अस्तव्यस्त छाडेर उपकुलपति रजिस्ट्रारलगायतको जम्बो टोली भ्रमणमा लगेर नियमित पढाई प्रभावित बनेको पनि बताए। 

    एम.ए. तेस्रो सेमेस्टरको पब्लिक इकोनोमिक्स र  प्रथम सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयका प्रश्नपत्रहरु गतवर्षकै सालकै हुबहु दोहर्याएको र बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेसन विह्याभियर विषयको बोर्ड परीक्षामा निजी कलेजको प्री–बोर्डको प्रश्नपत्र ल्याएर जस्ताको त्यस्तै सोधिएको तथा बीबीएका अन्य चारवटा पेपरहरुमा त्रूटि देखिएको भन्दै नेविसंघ छानबिनसहित कारबाहीको माग गर्दै आएको छ।

     

    images
    मंगलवार, भाद्र २१ २०७९०६:०९:१८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार