मंगलवार, भाद्र २१ २०७९
भदौ, २१ काठमाडौ । मन्त्रिपरिषद्ले संघीय शिक्षा विधेयक विधायन समितिमा पठाउने निर्णय गर्दै क्याबिनेट बाट पास गरेको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले पेश गरेक बिधेयक मन्त्रिपरिषद्को आज बैठकले पास गरि छलफलको लागि बिधलागीसमितिमा पठाएको हो।
उक्त बिधेयक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक सञ्जालमा लेख्दै संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास जानकारी दिएका हुन् । उनले लेखेका छन, ''संघीय शिक्षा ऐन विधेयक समितिमा छलफल गर्ने गरी क्याबिनेटबाट पास भएको छ । यो ऐन यहाँसम्म पुर्याउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु।''
विधेयन समितिले एन उपर छलफल टुँग्याएपछि विधेयकलाई प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।
