बुधवार, भाद्र २२ २०७९
भदौ, २२/ काठमाडौको चन्द्रागिरी नगरपालिका, नैकापमा अवस्थित ब्राइटफ्युचर माध्यमिक बिद्यालयमा 'हब कन्भेन्सन' सम्पन्न भएको छ। क्वाइस्ट नेपालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा ‘अफिनिटि हब’ मा आबद्ध जेसिस स्कुल, क्रिएटिभ स्कुल, स्वस्ति श्री गुरूकुल र ब्राइट फ्युचर माविका १ सय २० विद्यार्थीले विभिन्न विधामा आफ्नो प्रस्तुती पस्केका थिए ।
दुई भागमा विभाजित कार्यक्रमकाे पहिलो उद्घाटन सत्र क्वइस्ट तथा नेसनल काउन्सिलका वरिष्ठ सल्लाहकार निराजन अधिकारी प्रमुख अतिथ्यमा भएकाे थियाे । अधिकारीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा ब्राइट फ्युचर माविका फाउन्डर डाइरेक्टर मोहन कार्कीले सफलताकाे शुभेच्छा प्रकट गर्नुभएको थियो।
त्यसैगरी समापन कार्यक्रममा हबका संयोजक लक्ष्मीराज दाहालकाे अध्यक्षता तथा क्वाइस्ट नेपालका अध्यक्ष ग्यालेक्सी पब्लिक स्कुलकी प्रिन्सिपल सरिना सुनयनी गुरूङकाे प्रमुख आतिथ्यमा कार्यक्रममा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा गुरूङले विभिन्न विधाका विजेता र सहभागी विद्यालय शिक्षक र विद्यार्थीलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा विशिष्ठ अतिथि पूर्व जर्नेल शुरेस कार्कीले जन्मभूमिप्रति प्रेमभाव प्रकट गर्दै सबैलाई, विदेशी माेह त्यागेर राष्ट्रप्रति समर्पित हुन आग्रह गरेका थिए ।

चन्द्रागिरी नगरपालिकामा विभिन्न दृष्टिकोणबाट अब्बल रहेको यस ब्राइटफ्युचर स्कुल/ कलेजले जीवनउपयोगी , गुणस्तर, सीपमूलक प्रतिस्पर्धात्मक शिक्षा दिइरहेको छ। काठमाडौको मुटुमा रहेको यस कलेजले नेपाल लगाएत विश्वभरीनै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्दै आइरहेको छ । विभिन्न खुबी र बिशेषता भएको शिक्षक र बहुआयामिक ज्ञान भएको विशेषज्ञहरूवाट शिक्षा प्रदान गरिने भएकोले यो बिद्यालयलाई रोज्न सकिन्छ।
बि.सं. २०४४ सालमा स्थापना भएको चन्द्रागिरी नगरपालिकाको वडा नं. १४ मा अवस्थित यस बिद्यालयको +2 को स्थापना भएको पनि ४ बर्ष भैसकेको छ। यसले पहिलो ब्याचमा नै दुई फ्याकल्टिमा साइन्स र मेनेजमेन्ट्मा उत्कृष्ट नतिजा हाँसिल गरेर आफ्नो छुट्टै पहिचान बनाइ उत्कृष्ट बिद्यालय बन्न सक्षम भएको छ। 
काठमाडौ जिल्लाको कलंकी पश्चिममा रहेर निम्न मध्यम बर्गिय, मध्यम बर्गिय देखि उच्च बर्गका अभिभावकका छोराछोरीहरुलाई समेटेर सहुलियत शुल्कमा विद्यार्थीलाई चाहे अनुसारको शिक्षा प्रदान गरिरहेका छौ। यो बिद्यालय विद्यार्थीलाई भविष्यमा आइपर्ने विभिन्न समस्याहरुलाई सहजरूपमा समाधान गर्दै समाजमा सहजै समायोजित अर्थात स्थापित हुन सक्ने दक्ष जनशक्ति निर्माण गर्ने कार्यमा लागि रहेकोछ।
यस स्कुल/कलेजमा दक्ष प्राचार्यहरुद्वारा विद्यार्थी मैत्री वातावरणमा शहरको कोलाहलबाट पर रहेर शुन्दर र शान्त वातावरणमा सिक्ने सिकाउने कार्य गरिएकोछ। यस कलेजमा मैत्रीपुर्ण ब्यबहार भएका दक्ष शिक्षकहरुद्वारा पठनपाठन गराउने र विद्यार्थीहरुसंग नजिक रहेर उनिहरुका विभिन्न मनोबैज्ञानिक, सामाजिक र नैतिक समस्याहरु समाधान गर्न लागि परेको देखिन्छ। त्यसैले स्थापनाकालको छोटो समयमा नै प्रतिबिम्ब संस्थाको रुपमा स्थापित हुन पुगेको छ।
विद्यार्थीको चौतर्फी बिकासको लागि बिद्यालयले विद्यार्थीको हरेक पक्षलाई समेटेर अध्यायन अध्यापन गराइरहेको छ। हाल कलेजमा ब्यबस्थापन र बिज्ञान बिषयमा अध्यायन अध्यापन भैरहेको छ।
विद्यार्थीहरुको हरेक पक्षलाई समेटेर बैज्ञानिक तरिकाले उनिहरुका समस्यालाई सम्बोधन गर्दै मैत्रीपुर्ण तरिकाले अध्यायन गराइने भएकोले यहाँको वातावरण विद्यार्थीको हितमा रहेको छ। शिक्षामा बैज्ञानिकिकरणको अभाव, राज्यको आवश्यकता अनुसार चाहिने दक्ष जनशक्ति उत्पादन गर्न सक्ने शिक्षाको अभाव, सैद्धान्तिक पक्षलाई महत्व दिई ब्यबहारिक ज्ञानको शिक्षा दिनसक्ने शिक्षा भएकोले यी सबै समस्यालाई राज्यले सम्बोधन गर्न सके ब्रेन ड्रेन को समस्या समाधान हुनसक्छ।
त्यसैगरी विद्यार्थीहरुलाई विभिन्न कुलतमा फस्न नदिन यसबारे जनचेतना जगाउने, यससंग सम्बन्धित बिज्ञहरुद्वारा बेलाबेलामा अभिमुखिकरण कार्यक्रम गर्ने गरिएको छ।
यस बिद्यालयले विद्यार्थीहरुको चाहना अनुरुपको खेलकुद लगाएतका अन्य रचनात्मक क्रियाकलापहरु संङ्लग्न गराउदै आएको छ। बिद्यालयले साप्ताहिक रुपमा खेलकुद, हाजिरजवाफ, हस्तलेखन, संगितिक, लगाएत विभिन्न क्रियाकलापहरुमा समेत जोड दिने गरेको छ। 