मंगलवार, भाद्र २८ २०७९
भदौ, २८ काठमाडौ । काठमाडौको नयाँबजार स्थित ह्वाइटफिल्ड स्कुलमा MUN (Model United Nation) क्लब स्थापना भएको छ। नव्य नेपाल नामक संस्थाद्वारा कक्षा ६ देखि ९ सम्मका १०० जना विद्यार्थीहरुको उपस्थितिमा तीन दिन Practical Demonstration गर्दै क्लब निर्माण भएको हो।
संयुक्त राष्ट्रसंघको स्थापना भएको ४ बर्ष पश्चात् Harvard University मा सन १९५० साल मा स्थापना भएको MUN नेपालमा नव्य नेपालले सन २०१६ मा स्थापना गरेको थियो।
Harvard university ले मुख्यगरी युनाइटेड नेसन के हो?, यसको काम कर्तब्य र अधिकार के हुन्छ?, यसले विश्वभरी कस्तो भुमिका निर्बाहा गर्छ?, राष्ट्रहरु बिचमा कुटनैतिक सम्बन्ध कसरिस्थापना गर्ने? लगाएत बिषयमा जान्नको लागि MUN को स्थापना भएको हो।
नेपालमा नव्य नेपाल संस्था सुरुमा सेन्जेभियर कलेजमा यसको स्थापना भएको थियो। नव्य नेपाल नामक संस्थाले Listining, Speaking, Writing, personality development, Deplomacy & lobbing र Law making को बारे विद्यार्थीहरुलाई तालिम दिने गरेको छ। मुख्यगरी नेतृत्वदायी भुमिका कसरी निर्बाह गर्ने र नितिनियम कसरी बनाउने भन्ने बारे विद्यार्थीहरुलाई ट्रेनिङ दिदै शैक्षिक संथामा क्लबको रुपमा बिकास गर्दै आएको छ।
ह्वाइट फिल्ड स्कुलमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई बिगत ११ हप्तामा २२ दिन ट्रेनिङ दिएर तीन दिन Practical Demonstration गर्दै १५ जनाको क्लब निर्माण गरेको छ। जसमा क्लबका प्रेसिडेन्टको रुपमा छवि अग्रवाल छानिएका छन भने क्लबका फाउन्डरका रुपमा जयस खनाल, प्रज्वल न्यौपाने, यशस्वी श्रेष्ठ र प्रयास ओझा रहेका छन।
कार्यक्रममा कलेजाका प्रिन्सिपल पारस श्रेष्ठले MUN क्लबमा आबद्ध विद्यार्थीहरुलाइ विभिन्न कार्यक्रमहरुमा भाग लिनकोलागि Exposure को रुपमा बिकास गर्म सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले नेतृत्व बिकास र निति निर्माण तहमा यस क्लबले बोल्न, लेख्न र प्रयोग गर्नकोलागी सघाउ पुर्याउने समेत बताउनुभयो। त्यसैगरी बिद्यालयका अध्यक्ष गोपाल कृष्ण श्रेष्ठले किसोर अवस्थाका विद्यार्थीहरु संसारको कुनै पनि कुनामा गएर हरेक देशको अवस्था, सम्बन्ध र कुटनितिको बारे बहस र छलफल गर्न तयार रहनुपर्ने भन्दै यस क्लबले सघाउ पुर्याउने बताउनु भयो।
यस कार्यक्रममा नव्य नेपाल नामक संस्थाका सहसंस्थापक जयस खनाल र CEO प्रज्वल न्यौपानेले ट्रेनिङ दिएका थिए।


