आइतवार, पौष ३ २०७९
पौष, २ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय अन्तर्गत स्नातकोत्तर तहमा भर्नाको लागि आवेदन फारम खुलेको छ। बिश्वबिद्धालयले एक सूचना जारी गर्दै भर्नाका लागि प्रवेश परिक्षा फारम भर्न माग गरेको हो।
त्रिभुवन बिश्वबिद्धालय कानुन संकाय शैक्षिकसत्र २०७९/८० को सेमेस्टर प्रणाली अन्तर्गत एलएलएम कार्यक्रमको प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि लिइनी प्रवेश परिक्षा सम्मिलित हुन सूचनामा उल्लेख गरिएको छ।
आवेदन फारम २०७९ पौष ६ देखि माघ ६ गते सम्म त्रिवि कानुन संकाय डिनको कार्यलय प्रदर्शनीमार्गमा उपलब्ध हुने छ। यसकोलागी प्रवेश परीक्षा २०७९ माघ १४ गते संचालन हुनेछ।
