मंगलवार, पौष ५ २०७९
मंसिर, ५ धनकुटा । महिना भरी बिद्यालय संचालन भएको दिन नियमित बिद्यालय उपस्थित हुने विद्यार्थीलाई गोला प्रथाबाट सम्मानित गरेको छ।
श्री बालपन्च मध्यमिक विद्यालय पाख्रीबास न पा -2 सान्ने धनकुटामा विद्यार्थीलाइ नियमित रुपमा विद्यालयमा उपस्थित गराउने अभिप्राय अन्तर्गत गत मंसिर महिनामा विद्यालय खुलेको २० दिनमा सबैभन्दा बढी २० दिन नै उपस्थित हुने ४३ जना विद्यार्थीहरु मध्ये गोलाप्रथाबाट कक्षा १ मा अध्ययनरत छात्रा सजिना श्रेष्ठलाई हौसला स्वरुप पुरस्कार प्रदान गरिएको हो।
विद्यार्थीलाई नियमितरूपमा विद्यालयमा उपस्थित गराइ सिकाइ उपलब्धी वृद्धि गर्नका लागि गत भाद्र महिना देखि प्रत्येक महिना सबै भन्दा हाजिरी हुने विद्यार्थीलाई मासिक रूपमा विद्यालयले पुरस्कार प्रदान गर्दै आएको बिद्यालयका सूचना अधिकारी चेत नाथ खनालले विद्यार्थी मिडियालाई बताउनु भयो। उहाँका अनुसार बिद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीहरुको उपस्थिती दरमा वृद्धि भै शैक्षिक उपलब्धी समेत बढ्न गएको बताइएको छ।