बिहिवार, माघ ५ २०७९
माघ, ५ धनगढीः त्रिभुवन बिश्वबिद्धालय ब्यबस्थापन संकाय अन्तर्गत BBM चौथो सेमेस्टरमा सर्बाधिक अंक ल्याएर धरणिधर भट्ट TU टपर बनेका छन। डोटि जिल्लाका भट्ट ३.९९ जिपिए ल्याएर TU टपर बनेका हुन।
सुदूरपश्चिम प्रदेश डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी घर भएका भट्ट त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३.९६ जिपिए ल्याएर बिबिएम संकायमा ‘TU सेकेन्ड टपर’ भएका थिए भने तेस्रो सेमेस्टरमा ३.९८ जिपिए र चौथो सेमेस्टरमा ३.९९ जिपिए ल्याएर ‘टियु टपर’ बनेका छन्।
भट्टले माध्यामिक शिक्षा डोटीको शिखर नगरपालिकास्थित केदारेश्वर माध्यामिक विद्यालयबाट पढाई हासिल गरेका थिए। उनी धनगढीमा काकाको घरमा बसेर स्नातक तह कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन।