आइतवार, माघ २२ २०७९
माघ, २२ काठमाडौ । नेपाली सेना कृषि बिज्ञान संस्थान लमजुङ मा B.Sc.Ag. विद्यार्थी भर्नाका लागि आवेदन खुलेको छ। शिक्षा महाशाखा सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डाद्वारा जारी सुचना अनुसार शैक्षिकसत्र २०७९/८० को दोस्रो ब्याच B.Sc.Ag. (४ बर्ष) कार्यक्रमका लागि भर्मा आवेदन खुलेको हो।
त्रिभुवन बिश्वबिद्धालय कृषी र पशु बिज्ञान अध्यायन संस्थान किर्तिपुरको २०७९ सालको प्रवेश परिक्षामा उतिर्ण भइ मेरिट लिस्टमा समावेश भएको शैनिक सन्ततिबाट भर्ना लिइने भएकोले इच्छुक विद्यार्थीले मिति २०७९ माघ २२ देखि फागुल ९ गते सम्म आवेदन दिन सक्नेछन।
विद्यार्थीले नेपाली सेना कृषि बिज्ञान संस्थान लमजुङ वा शिक्षा महाशाखा सैनिक कल्याणकारी निर्देशनालय जंगी अड्डा काठमाडौमा भर्नाका लागि आवेदन दिन सक्ने छन।
