Jul 27 2026 | २०८३, श्रावण ११ गते

माइल स्टोनको १७औं बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

माइल स्टोनको १७औं बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

  • 1.0K
    SHARES

  • माइल स्टोनको १७औं बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

    चैत २९ गते, काठमाडौ । माइलस्टोन युथ इङलिस स्कुलले स्थापनाको १७ औं बार्षिक उत्सव भब्यरुपमा सम्पन्न गरेको छ। स्कुलले आज बुधबार स्कुल हाताभित्र एक कार्यक्रमका बीच बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो।

    उक्त कार्यक्रम स्कुल संचालक समितिका अध्यक्ष बिनय गिरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा काठमाडौ क्षेत्र नंम्बर ९ का प्रदेशसभा सदस्य माननीय केशव प्रसाद पोख्रेल प्रमुख अतिथिको रुपमा रहनुभयो। त्यसैगरी स्कुलका संस्थापक प्रिन्सिपल शिवराम गिरी, काठमाडौ एनप्याब्सन्का अध्यक्ष खडक बहादुर बस्नेत, सल्लाहकार रमेश गिरी, नागार्जुन नगरपालिका वडा ७ का वडा सदस्य जयराम गिरि लगाएत स्कुलका शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    20230412_115440 (1).jpg

    बार्षिक उत्सव तथा पुरस्कार बितरण कार्यक्रममा उल्लेख्य रुपमा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा ४२ वटा खेलबाट प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको थियो। दुई भागमा बिभाजित गरेर सम्पन्न गरिएको उक्त कार्यक्रमको पहिलो भागमा बिद्यालयमा विभिन्न समयमा आयोजना गरिएको अतिरिक्त क्रियाकलाप तथा अन्तर बिद्यालय खेलकुद सप्ताह (CCA तथा ECA) कार्यक्रमको पुरस्कार बितरण गरेको थियो।

     

    20230412_105503.jpg

    उक्त कार्यक्रममा प्रमुख अतिथि लगाएत विशेष अतिथिहरुले मन्तव्य दिनुभयो। मन्तव्यको क्रममा काठमाडौ क्षेत्र नम्बर ९ का प्रदेश संसद केशव प्रसाद पोख्रेलले माइलस्टोन स्कुल नागार्जुन नगरपालिकाको यो भेगमै सबैभन्दा राम्रो नतिजा ल्याउन सफल भएको र अझै उत्कृष्ट नतिजा ल्याउने बिश्वास व्यक्त गरेका थिए। उहाँले बजारमा बिक्न सक्ने दक्षजनशक्ति उत्पादनमा भुमिका खेल्न स्कुलले योगदान गर्नुपर्ने बताउनुभयो। र शिक्षा क्षेत्रमा सामुदायिक तथा संस्थागत बिद्यालयहरुलाइ संगै लिएर जानुपर्ने कुरामा बिशेष जोड दिनुभएको थियो। उहाँले आफुपनी शिक्षा क्षेत्रबाटै आएको हुनाले आफुले सकेको भुमिका खेल्ने प्रतिबद्धता समेत गर्नुभएको थियो।

    20230412_115835.jpg

    त्यसगरी स्कुलका सस्थापक प्रिन्सिपल शिवराम गिरिले शुलभ मुल्यमा गुणस्तरीय शिक्षा दिइरहेको दाबी गर्नुभयो। उहाँले २०६३ सालमा नयाँ रजिस्ट्रेसन गरि स्थापना गरिएको स्कुल ५८ जना विद्यार्थीबाट शुरुभइ अहिले ५३५ जना विद्यार्थी नियमित पठनपाठन गरिरहेको बताउनुभयो।

    शुरूवात देखि आजसम्म ९ ब्याच एसएलसी र एसईई सम्म आउदा परिक्षाफलको नतिजा विश्लेषण गर्दा ३ पटक उत्कृष्ट स्थान हासिल गरेको प्रिन्सिपल गिरिले बताउनुभयो। उहाँले माइलस्टोन युथ इङलिस स्कुलले ३६५ दिनमा २५६ दिन कक्षा संचालन गरेको बताउदै, बिद्यालयले धेरै बिदा नगर्ने र नियमित अनुशासन पुर्वक कक्षा संचालन गरेको दाबीसमेत गर्नुभयो।

    20230412_132547.jpg

    एक अर्को प्रसंगमा प्रिन्सिपल गिरिले विद्यार्थीहरु पढाइ प्रतिको बितिष्णा र सामाजिक संजाल प्रतिको आकर्षणलाई रोक्न चुनौती रहेको भन्दै त्यसलाइ अभिभावकहरुले समेत साथ दिनुपर्ने धारणा राख्नुभयो। त्यस्तै उहाँले सरकारले निजि र सार्वजनिक बिद्यालय को विभेद अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो।

    मन्तव्यकै क्रममा नेशनल प्याब्सन काठमाडौका अध्यक्ष खडक बहादुर बस्नेतले निजि शैक्षिक संस्थालाइ ब्यपारका लागि खोलिएका हुन भन्ने कुरा गलत नजिर बसाउन खोजेको बताए। उनले निजि शिक्षण संस्थाले गुणस्तरीय शिक्षाको लागी अहम भुमिका खेलेको भन्दै बच्चाको अन्तर्निहित प्रतिभाको खोजि गर्न सबैभन्दा धेरै लगानी गरेको बताए ।

    20230412_141903.jpg

    विद्यार्थीको भविष्यको लागी लगानी गरिरहेको बताउदै बस्नेतले सैद्धान्तिक र ब्यबहारिक ज्ञान् दिन अझै मिहेनत गर्दैजाने धारणा ब्यक्त गरे। बस्नेतले सानो-सानो समस्यामा अभिभावकहरु अल्झिन नहुने भन्दै कुनै समस्या छ भने सिधै आएर प्रमुखलाइ कुरा गर्दा समस्याको समाधान हुने कुरामा जोड दिए।

    यसैगरी मन्तव्यको क्रममा ७ नम्बर वडा अध्यक्ष शैलेन्द्र लामाले सामुदायिक र निजी बिद्यालयहरुलाई हेर्ने दृस्ठिकोणमा फरक हुनुहुदैन भन्दै राज्यको बिभेदकारी नितिले शिक्षा क्षेत्रमा नराम्रो प्रभाव पारेको बताए। उनले निजि संस्थाहरूलाइ ब्यबस्थित ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल गर्न एउटा समिती निर्माण गर्नुपर्ने आवस्यकतालाई औल्याउँदै आफुले सक्ने योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रम दिनेश भट्टराईले संचालन गर्नुभयो भने विद्यार्थी आज्ञा गिरिले कार्यक्रममा स्वागत मन्तव्य दिइन् । स्कुलले उक्त कार्यक्रममा स्कुल टप गर्ने बहिनी सम्पदा गिरिको पढाइमा कुनैपनी शुल्कहरु नलाग्ने गरि नि:शुल्क पढाउने घोषणा गरेको छ।

    20230412_100300.jpg

    कार्यक्रमको अन्त्यमा सम्पुर्ण विद्यार्थी तथा अभिभावकलाई धन्यवाद तथा आउदै गरेको नयाँ बर्ष २०८० को शुभकामना दिदै स्कुलका संचालक समितिका अध्यक्ष तथा क्याप्टेन बिनय गिरिले कार्यक्रमको समापन गर्नुभयो।

    20230412_171543.jpg20230412_161906.jpg20230412_114936.jpg20230412_143942.jpg20230412_140743.jpg

    20230412_125527.jpg20230412_115608.jpg20230412_111920.jpg20230412_121006.jpg20230412_104601.jpg

    images
    बुधवार, चैत्र २९ २०७९१०:२४:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार