Jul 27 2026 | २०८३, श्रावण ११ गते

एनप्याब्सनको हाजिरिजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

एनप्याब्सनको हाजिरिजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

  • 1.1K
    SHARES

  • एनप्याब्सनको हाजिरिजवाफ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न।

    जेठ, ३० गते काठमाडौ । राष्ट्रिय निजि तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौ जिल्लासमितिको आयोजना तथा काठमाडौ महानगरपालिका कार्यसमितिको संयोजनमा आयोजित तेस्रो काठमाडौ जिल्ला ब्यापी हाजिरिजवाफ प्रतियोगिता -२०८० सम्पन्न भएको छ। जेठ २५ देखि २७ गते सम्म धुम्बाराही स्थित युनिभर्सल सेकेण्डरि स्कुलमा भएको उक्त प्रतियोगिता आज एक कार्यक्रमका बिच पुरस्कार वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको हो।

    20230612_145924.jpg

    हाजिरिजवाफ प्रतियोगितामा युनिभर्सल स्कुलले प्रथम स्थान हासिल गर्यो भने द्वितीयमा नवजिवन स्कुल एन्ड कलेज, तृतीय दिब्यज्ञान इङ्लिस बोर्डिङ स्कुल र आस्था बिद्या मन्दिरले चौथो स्थान हात पार्यो।प्रतियोगितामा काठमाडौ जिल्ला भरिबाट ६८ बिद्यालयका ७८ टिम सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो टिमलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरियो।20230612_164227(0)_11zon.jpg

    हाजिरिजवाफ प्रतियोगिताको पुरस्कार तथा समापन कार्यक्रममा बिशिस्ट अतिथी एनप्याब्सनका पुर्व अध्यक्ष कर्ण बहादुर शाही, काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत, काठमाडौमहानगरका अध्यक्ष भीष्म पाण्डे, लगाएत काठमाडौ जिल्लाका पदाधिकारी, महानगरका पदाधिकारी, नगरपालिकाका अध्यक्ष लगाएत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेकोथियो।20230612_172452_11zon.jpg

    पुरस्कार बितरण कार्यक्रममा बोल्दै एनप्याब्सनका पुर्व अध्यक्ष कर्ण बहादुर शाहिले संस्थागत बिद्यालयहरु पुरानै तरिका बाट चल्न नसक्ने र २१औं सदि अनुरुप शिक्षण विधि अपनाउदै आफुलाइ बदल्नु पर्ने बताउनुभयो। राजनितीतिर कटाक्ष गर्दै उहाँले कैयौं ठुला भनिएका मानिसहरु आज सडकमा हिड्नुपर्नेको भन्दै हामी ठूलो बन्ने कि राम्रो बन्ने भन्ने सोच्ने बेला आएको बताउनुभयो। उहाँले संस्थागत बिद्यालय संचालकहरुले निरन्तर आफ्नो काम र जिम्मेवारी प्रती बफादर भएर बुद्धको जस्तै लोककल्याणको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    20230612_175333_11zon.jpg

    एक अर्को प्रसंगमा पुर्व अध्यक्ष शाहिले केही संचार माध्यम र ब्यक्तिहरु संस्थागत बिद्यालयहरुको विरुद्ध नियोजित रुपमा लगेलो भन्दै त्यसको निन्दा गर्नुभयो। प्राइभेट स्कुलले छात्रवृत्तिलाई निरन्तर अपडेट गर्नुपर्छ। तर छात्रवृत्तिको कुरालाइ लिएर केही मिडिया र केही मानिसहरुले हाम्रो सँस्थालाइ गलत नियतले आक्रमण गरेको जिकिर गर्नुभयो। त्यसैगरी quality of education भन्ने कन्सेप्ट नै प्राइभेट स्कुलले बनाएको दावी गर्नुभयो।

    शाहिले शिक्षा लिदा वा दिदा पुरानै ढर्राबाट नहुने भन्दै तीन घन्टे मुल्यांकन प्रणालीलाई बदल्नुपर्ने बताउनु भयो। साथै उहाँले अतिरिक्त क्रियाकलापलाई नियमित गर्नुपर्ने बताउनु भयो।

    20230612_184054_11zon.jpg

    कार्यक्रममा काठमाडौ जिल्ला अध्यक्ष खडक बहादुर बस्नेतले हाजिरिजवाफ प्रतियोगिताले विद्यार्थीहरुको क्षमताको मापन गर्नुका साथै आपसी भातृत्व र प्रतिस्पर्धाको भावना जागृत गरेको बताउनुभयो। एक अर्को प्रसंगमा उहाँले राज्यले संस्थागत बिद्यालयहरु लाई असमान ब्यबाहर र बिद्यालय संचालकला घृणित ब्यबाहार गरेको बताउनुभयो । उहाँले छात्रवृत्ति बारे गलत हल्ला फैलाएको समेत बताए।

    20230612_183804_11zon.jpg

    त्यसैगरी कार्यक्रममा सभापति तथा काठमाडौ महानगरका अध्यक्ष भीष्म पाण्डेले हाजिरिजवाफ प्रतियोगिता निस्पक्ष र स्वच्छ प्रतिस्पर्धात्म भएको हताउनु भयो। उहाँले प्रतियोगितामा सहभागी जनाएका सबै बिद्यालय र विद्यार्थीहरुलाई बधाइ दिनुभयो। कार्यक्रममामा उपस्थित अतिथीहरुलाइ समेत टोकन अफ लभ ले सम्मान गरेको थियो।

    20230612_183608_11zon.jpg20230612_181903_11zon.jpg20230612_183336_11zon.jpg20230612_183202_11zon.jpg

     

    images
    मंगलवार, जेठ ३० २०८००२:५५:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार