बिहिवार, श्रावण २५ २०८०
साउन, २५ गते काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले स्नातक तह प्रथम बर्षको विभिन्न संकाय र कार्यक्रमहरुमा भर्नाका लागि आवेदन खुला गरेको छ।
बिश्वबिद्धालयले मानविकी, सामाजिकशात्र संकाय, ब्यबस्थापन संकाय, शिक्षा शात्र संकाय र बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरुमा शैक्षिकसत्र २०८०/८१ को भर्नाका लागि आवेदन खुला गरेको हो।
भर्नाका लागि २०८० श्रावण २८ देखि भदै मसान्तसम्म आवेदन दिनसकिने सुचनामा उलेख छ। स्नातक तह प्रथम बर्षको प्रवेश परिक्षाको मिति बारे बिश्वबिद्धालय डिन कार्यलयले निर्णय गर्ने छ। त्यस्तै २०८० मंसिर ५ गते देखि कक्षा संचालन हुने जानकारी दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्स्गा १२ को परीक्षा नतिजा साउन महिनाको अन्तिम अथवा भदौ महिनाको पहिलो हप्ता सम्म प्रकाशित गर्ने जनाइएको छ।
