मंगलवार, भाद्र २६ २०८०
भदौ, २५ काठमाडौ । काठमाडौ महानगरपालिका १५ वडा, बिजेश्वरी स्थित द सनसाइन स्कुल/कलेजले दुई दिने आँखा शिविर गरेको छ। स्कुलले भदौ २५ र २६ गते दुई दिने शिविर संचालन गरेको हो।

नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिस्ठान द्वारा संचालित सामुदायिक आँखाकेन्द्र स्वयम्भू र द सनसाइन स्कुल/कलेजको आयोजनामा भएको दुई दिने शिविरमा ३५० जना विद्यार्थी र बिद्यालयका शिक्षक तथा कर्मचारीलेहरुले उक्त सेवा लिएका छन।

शिविरमा अत्याधुनिक मेसिनको सहयोगमा बालबालिकाहरुको आँखा जाँच गरिएको थियो। विद्यार्थीहरुको स्वास्थ्य सम्बन्धी आउने समस्या मध्य आँखाको समस्या अहिले प्रमुख मानिने गरेको छ। बालबालिकाहरुले अधिक मोबाईल तथा ल्यापटपमा हेर्ने र वातावरण प्रदुषणको कारण आँखामा अधिक समस्या आउने भएकोले शिविर संचालन गरेको प्रिन्सिपल बाबुराम गौतमले बताउनुभयो।





