Jul 27 2026 | २०८३, श्रावण ११ गते

जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

  • 1.7K
    SHARES

  • जुबिलेन्ट कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा बिदाई

    असोज, १५ काठमाडौ । काठमाडौ महानगरपालिका वडा १३ कालिमाटीमा अवस्थित जुबिलेन्ट कलेजले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ। कलेजले राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमका बीच कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास आउट भएका विद्यार्थीहरुलाइ बिदाई गरेको हो।

    20231001_144420.jpg

    कार्यक्रमको संचालन कलेजका चेतराज ओझाले गर्नुभयो। कलेजका अध्यक्ष होमनाथ लुइँटेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा कलेजका सल्लाहकार तथा एसोसियट प्रोफेसर डा. स्वागत श्रेष्ठको उपस्थिति रहेको थियाे ।त्यसैगरी प्रिन्सिपल ऋषि प्रसाद न्यौपाने, शैक्षिक निर्देशक डा.रुमी चन्द, बोर्ड मेम्बर सड.गीता श्रेष्ठ लगाएत बिभागीय प्रमुख, निर्देशक, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    20231001_114948.jpg

    20231001_115208.jpg

    स्वागत तथा बिदाई कार्यक्रमका प्रमुख अतिथि तथा कलेजका सल्लाहकार डाक्टर स्वागत श्रेष्ठले कक्षा ११ का विद्यार्थीहरुलाई औपचारिक रुपमा स्वागत गर्दै आगामी दुई बर्ष विद्यार्थीहरुले पठनपाठनमा बिशेष ध्यान दिनुपर्ने भन्दै कक्षा १२ पास भएर गएका विद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउमा गएर पढ्न परे पनि कठिन मिहेनत गर्नपर्ने भन्दै पढ्ने कुराले मात्रै जीवन सफल हुने धारणा ब्यक्त गर्नुभयो। उहाँले पढेर मात्रै जिवनको लक्ष हासिल गर्न सकिने धारणा ब्यक्त गर्नुभयो।

    20231001_121018.jpg

    मन्तव्यकै क्रममा प्रिन्सिपल ऋषि प्रसाद न्यौपानेले कक्षा ११ का विद्यार्थीहरुको ब्यबहारिक पक्षहरु सुधार गर्दै पठनपाठनमा जोड्दिने बताउनुभयो। त्यसैगरी कक्षा १२ पास गरेर जाने विद्यार्थीहरुलाई जुबिलेन्टबाट पास भएर जाने विद्यार्थीहरुको सफलताको श्रेणी उच्च रहेको भन्दै त्यसलाई कायम राख्न र सधैँ विद्यार्थी बनिरहन र सधैँ केही न केही सिकिरहन सुझाव दिनुभयो। स्वागत तथा बिदाई कार्यक्रम बिशेष गरी विद्यार्थी केन्द्रित भएकोले विद्यार्थीले आफ्नो प्रतिभाहरु खुलाउने हरेक प्रस्तुतिले गर्व महसुस हुने बताउनुभयो।

    20231001_122858.jpg

    त्यस्तै कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष डा. होमनाथ लुइटेलले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै आगामी २ बर्षको मिहेनतले भविश्यमा आफुले देखेको सपना पूरा हुने भन्दै पढाइमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै कक्षा १२ पास भएर जाने विद्यार्थीहरुलाइ उनिहरुले दुई बर्ष मिहेनत गरे बमोजिम सफल हुने भन्दै आगामी भविष्यको शुभकामना दिनुभयो।

    20231001_160827.jpg

    त्यसैगरी, अत्यन्तै उत्कृष्ट सफलता हासिल गर्ने सीता बजगाइ (जैशी), रबिन पौडेल, मिलन पान्डे र मिलन कोइरालालाई बिशेष सम्मान सहित अभिनन्दन गरिएको थियो । त्यस्तै कक्षा १२ पास भएर बिश्वबिद्यालय शिक्षाको लागि बिदाई हुने विद्यार्थीहरुलाइ कलेजले टोकन अफ लभ दिएर अभिनन्दन गरेको थियो। चर्चित लोक गायक टंक गैरेको समेत प्रस्तुति रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक गायन, प्रहसन तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

    20231001_120320.jpg20231001_124103.jpg20231001_124833.jpg20231001_125514.jpg20231001_130241.jpg20231001_132108.jpg20231001_135048.jpg20231001_135129.jpg20231001_135209.jpg20231001_135746.jpg20231001_144255.jpg20231001_144922.jpg

     

    images
    सोमवार, आश्विन १५ २०८००९:५८:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार