बुधवार, आश्विन १७ २०८०
असोज, १७ काठमाडौ। इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) मा स्ववियु आतंक बढेपछि प्रवेश परीक्षा (२०८०।०६।२२ ) सन्चालन गर्न नसक्ने भन्दै ६ जना बिभागिय प्रमुखहरुले संयुक्त राजिनामा पेश गरेका छन्। पुल्चोक क्याम्पसका प्रमुखहरूले स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने भन्दै विभागका सम्पूर्ण कार्य सञ्चालनको जिम्मेवारी सुम्पिएको घोषणा गर्दै राजिनामा गरेका हुन।
इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पुल्चोक, थापाथली र पूर्वाञ्चल क्याम्पसका स्ववियु सभापतिहरूद्वारा अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने अभिव्यक्ति दिएपछि जिम्मेवारी सुम्पिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
आइओइका ६ विभागीय प्रमुखहरूले क्याम्पस प्रमुखहरूलाई पत्र लेख्दै अहिलेको भन्दा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने जिम्मा भर्खरै निर्वाचित स्ववियुले लिने भन्ने अभिव्यक्ति प्रति कृतज्ञता जाहेर गर्दै विज्ञप्तिमा आह्वान गरे मुताबिक यस कुराको गाम्भीर्ययतालाई महसुस गरी उच्च आकाङ्क्षा बोकेका स्ववियु सभापतिहरूलाई विभाग चलाउन मार्ग प्रशस्त गरिदिने निर्णय गर्दै विभागीयका सम्पूर्ण कार्य सञ्चालन जिम्मेवारी सुम्पिएको जानकारी गराएका छन् ।
शुरूवातमा त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्ययनको लागि इन्जिनियरिङको शुल्क २००% ले बढाइन्छ। तत्पश्चात स्ववियु लगाएत विद्यार्थी संगठनहरुले बिरोध गर्छन् र जसको कारण प्रवेश परीक्षा स्थगित हुन्छ। करिब एक हप्ता पश्चात् बल्लबल्ल सहमति जुटेपछी पुरानै शुल्कमा नबढाई फेरि प्रवेश परीक्षाको मिति तोकिन्छ।
त्यसपछी सुरुहुन्छ स्ववियु आतंक। स्ववियु नेताहरुले क्याम्पसका प्राध्यापकलाई तपाइँहरु भन्दा राम्ररी हामी क्याम्पस चलाउछौ भन्छन् । त्यसपछि ल त्यसो भए चलाउ भनेर सबै बिभागका प्रमुखले राजिनामा दिन्छन् । अब हुदाहुदै प्रवेश परीक्षाका सदस्यले समेत परीक्षा संचालन गर्न समय अपुग भयो भन्दै राजिनामा दिन्छन् । प्रवेश परीक्षा समयमा नभएपछि विद्यार्थी अन्योलमा पर्ने त निश्चितै छ । त्यसभन्दापनि यस घटना पश्चात् कति विद्यार्थीहरु बिदेश जान्छन् र यहाँको विद्यार्थीको सिट खाली हुन्छ। आँकलन सजिलै गर्म सकिन्छ। यसको जिम्मा कसले लिने?
शुल्क घटाउने आन्दोलन सहि छ। तर यति हुदाहुँदै समेत इन्जिनियरिङ अध्ययन संस्थानमा बिश्वबिद्धालयले गर्ने लगानी समेत घटेको बेला राज्यलाई लगानी बढाउन दवाब नदिई एकतर्फी शुल्क मात्रै घटाउनाले त्यसको पर्ने प्रभावको बारे किन बोलिदैन? बिश्वबिद्धालयमा हुने राजनीतिक नियुक्ति बिरुद्ध कथित ठुला भनिएका विद्यार्थी संगठन तथा स्वबियुले आफ्नो नेतालाइ दवाब किन दिदैनन् ? यसको जवाफ दिन पर्दैन?
राजनिती झोला भिरेर हिडेका विद्यार्थीनेताहरु कन्सल्टेन्सिका माफियाहरु संग लाखौ पैसा असुल्छन् । हाम्रो कलिलो मस्तिष्क बिदेश पलायम हुदा केही बोल्दैनन् । कन्सल्टेन्सिका माफियाहरु नेपालमा बसेर काम छैन भन्दै देशको संसार भरी बेइज्जती गर्छन र युवाहरुलाई बेचिदिन्छन। त्यस बखत विद्यार्थी नेताहरु कानमा तेल हालेर बस्छन। तर लामो समय इन्जिनियरिङको प्रवेश परिक्षामा आँच आउने कार्य गर्दछन। जसको कारण नेपालमै पढ्ने सोच बनाएका विद्यार्थीहरु समेत पलायन हुने सोच बनाउछन।
केहि समय अगाडि मिनभवन क्याम्पसमा करिब १ सय जना विद्यार्थीहरुको पैसा खाएर विद्यार्थीहरुले परीक्षा दिन नपाएको घटना बारे गैर जिम्मेवार बनेका थिए।


