बिहिवार, आश्विन १८ २०८०
असोज, १७ जनकपुर । मधेस स्वास्थ्य बिज्ञान प्रतिस्ठानको उपकुलपति पदमा नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ। मधेस सरकार, स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो।
मधेस स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा हाल रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि मधेस स्वस्थ्य बिज्ञान प्रतिस्ठान ऐन १२०७५ को दफा १६(१) बमोजिम चिकित्सा शास्त्रका प्राध्यापकहरु मध्यबाट योग्यता प्राप्त गरेका इच्छुक उमेदवारहरुले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दर्खास्त पेश गर्न सक्ने छन।
यस्तो छ सूचना ।
