Jul 27 2026 | २०८३, श्रावण ११ गते

सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

  • 739
    SHARES

  • सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

    कार्तिक १५ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहका नियमित तथा आंशिक परीक्षा- २०८० को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    परिषदका आङ्गिक, साझेदारी, टेक्स र निजी स्तरमा सञ्चालित शिक्षालयहरूका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, अप्थाल्मिक साइन्स, डेन्टल साइन्स (डेन्टल हाइजिन), सामान्य चिकित्सा आयुर्वेद, अकुपञ्चर, अकुप्रेसर एन्ड मोक्सिभेसन, फिजियोथेरापी, योग तथा नेचुरोपेथी, फार्मेसी, कृषि (बाली/पशु विज्ञान), फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको तथा डिप्लोमा इन इन्जिनियरिङ, होटल मेनेजमेन्ट, फुड एन्ड डेरी, सोसल वर्क, इन्टरप्रेनरसिप डेभलपमेन्ट, (पशु/बाली विज्ञान) प्रथम वर्षको दोस्रो खण्डको नियमित/आंशिक परीक्षाहरू मंसिर २१ गतेदेखि सञ्चालन हुने परीक्षाको तालिका सार्वनजिक गरेको हो।

    त्यसैगरी प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम ( दलित, मुस्लिम, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गत वार्षिक परीक्षा प्रणालीका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (बाली/पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत प्रथम वर्ष दोस्रो खण्डका सिभिल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ (स्पेसलाइजेसन इन हाइड्रोपावर इन्जिनियरिङ), अटोमोबाइल इन्जिनियरिङ, जियोमेटिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि ( बाली / पशु विज्ञान) नियमित तथा आंशिक परीक्षाहरू समेत www.ctevtexam.org.np मा प्रकाशित परीक्षा तालिका बमोजिम सञ्चालन हुने सूचनामा जानकारी दिएको छ।

    FB_IMG_1698804234837.jpg

    FB_IMG_1698813273356.jpgFB_IMG_1698813275024.jpgFB_IMG_1698813278453.jpgFB_IMG_1698813280424.jpgFB_IMG_1698813281901.jpgFB_IMG_1698813283403.jpg

    images
    बुधवार, कार्तिक १५ २०८००७:५९:१७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार