Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास माविले पुस १५ गते नि:शुल्क स्वास्थ्य शिविर गर्दै।

कुलेश्वर आवास माविले पुस १५ गते नि:शुल्क स्वास्थ्य शिविर गर्दै।

  • 1.3K
    SHARES

  • कुलेश्वर आवास माविले पुस १५ गते नि:शुल्क स्वास्थ्य शिविर गर्दै।

    पुस, १२ गते काठमाडौ । कुलेश्वर आवास माध्यामिक बिद्यालयले पुस १५ गते नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। बिद्यालयले विद्यार्थी अभिभावकह र बिद्यालय वरिपरि बसोबास गर्ने महिला, पुरुस तथा जेष्ठनागरिकहरुलाई लक्षित गर्दै नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हो।

    कुलेश्वर आवास माध्यमिक बिद्यालय र काठमाडौ सक्रिय युवा समूहको आयोजना र काठमाडौ मेडिकल कलेज, अस्पताल (सिनामंगल) र स्पार्क फिनियोथेरापी थानकोटको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर संचालन हुनेछ। साथै काठमाडौ महानगर वडा १४, सामुदायिक सेवा केन्द्र एबं सामुदायिक प्रहरी कुलेश्वर, प्रहरी बिट कुलेश्वर र कुलेश्वर आवास परिवार कल्याण संस्थाले सहकार्य गर्नेछन।

    स्वास्थ्य शिविर ब्यबस्थापनको लागि काठमाडौ महानगर वडा १४ का अध्यक्षको नेतृत्वमा११ जना सदस्य रहने गरि टिम बनाइएको कुलेश्वर आवास बिध्यालयका प्राचार्य मेघराज दुलालले जानकारी दिनुभयो।

    नि:शुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी आँखा दाँत , स्त्री रोग, शल्यक्रिया (साधारण) बाल रोगको परिक्षण र फिजियोथेरापी गर्न सकिने छ। साथै HB, Urea, Urine RE, ECG, Sugar, Uric Acid, Pregency, Ultra Sound ल्याब टेस्ट गरिनेछ।

    20231228_112438.jpg

    images
    बिहिवार, पौष १२ २०८०११:५६:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार