सोमवार, पौष १६ २०८०
पुस, १६ गते काठमाडौ । कुलेश्वर आवास माध्यामिक बिद्यालय (कसिस)ले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बिद्यालयले पुस १५ गते आइतवार गरेको नि:शुल्क स्वास्थ्य शिविरमा छ सय २१ जनाले सेवा लिएको प्राचार्य मेघराज दुलालले बताउनुभयो।

शिविरमा महिला तथा जेष्ठ आगरिकहरुको निकै बाक्लो उपस्थिती रहेको थियो। फरक फरक रोग जाँच्नको लागि फरक फरक कोठाहरु छुट्याइएको थियो। जसमध्ये दाँत, आँखा, हाडजोर्नी, इसिजि, रगत जाँच र अल्ट्रासाउन्ड मा अत्यधिक घुइचो रहेको थियो।

कुलेश्वर आवास माध्यमिक बिद्यालय र काठमाडौ सक्रिय युवा समूहको आयोजना तथा काठमाडौ मेडिकल कलेज, अस्पताल (सिनामंगल) र स्पार्क फिनियोथेरापी थानकोटको प्राबिधिक सहयोगमा स्वास्थ्य शिविर संचालन भएको थियो।

साथै काठमाडौ महानगर वडा १४, सामुदायिक सेवा केन्द्र एबं सामुदायिक प्रहरी कुलेश्वर, प्रहरी बिट कुलेश्वर र कुलेश्वर आवास परिवार कल्याण संस्थाले सहकार्य गरिएको थियो ।

नि:शुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, हाडजोर्नी तथा नशा रोग, नाक, कान, घाँटी आँखा दाँत , स्त्री रोग, शल्यक्रिया (साधारण) बाल रोगको परिक्षण र फिजियोथेरापी गर्न सकिने छ। साथै HB, Urea, Urine RE, ECG, Sugar, Uric Acid, Pregency, Ultra Sound ल्याब टेस्ट गरेको थियो।








