Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि उपकुलपतिको लागि ४३ जनाको आवेदन: यस्तो छ कार्यविधि ।

त्रिवि उपकुलपतिको लागि ४३ जनाको आवेदन: यस्तो छ कार्यविधि ।

  • 645
    SHARES

  • त्रिवि उपकुलपतिको लागि ४३ जनाको आवेदन: यस्तो छ कार्यविधि ।

    माघ, ८ गते काठमाडौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिने अन्तिम दिनसम्म उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका हुन् ।

    आवेदन दिनेहरूमा त्रिविमै नयाँ नियुक्ति नहुँदासम्मका लागि उपकुलपतिको जिम्मेवारी पाएका प्रा.डा. शिवलाल भुसाल र मध्यपश्चिम विश्वविद्यालयका बहालवाला उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह लगायतका रहेका छन् ।

    मध्यपश्चिम विश्वविद्यालयमा विगत लामो समयदेखि तालाबन्दी छ । साथै मध्यपश्चिम बिश्वबिद्धालयमा उपकुलपति सिंह नियुक्ति हुदा समस्या सुखिनुको साँटो झन झन बल्जिएको र हाल सम्म यथावत छ। आफ्नो विश्वविद्यालयको तालाबन्दी खोल्न नसकेर चर्को आलोचना खेपिरहेका सिंहले त्रिविको उपकुलपतिका लागि समेत आवेदन हास्यास्पद हुने निश्चित छ।

    त्यसैगरी समितिको उच्च स्रोतका त्रिविकै पूर्व उपकुलपति प्रा.डा. तीर्थ खनिया, खुला विश्वविद्यालयका पूर्व उपकुलपति लेखनाथ शर्मा, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि पौडेल, त्रिविका पूर्व डीन गुणनिधि न्यौपाने, टंक धमला, महानन्द चालिसे, भोजराज अर्याल, प्रकाश घिमिरे, केदार घिमिरे, कृष्णराज तिवारी लगायतले आवेदन दिएको बताइएको छ। त्यस्तै प्राध्यापक संघ संगठनका केही नेता प्रध्यापकले समेत आज आवेदन दिएको बताइएको छ।

    यसअघि पूर्व उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कार्तिक १६ सकिएपछि शिवलाल भुसाललाई प्रधानमन्त्री कार्यालयले उपकुलपतिको जिम्मेवारी दिएको थियो ।

    त्रिविको इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्त हुन लागेको छ। यसका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको छ। उक्त समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पहिलो पुस २० गते सूचना जारी गरेको तर उक्त सूचना नै विवादास्पद भएपछि प्रधानमन्त्रीको निर्देशनमा उपकुलपती सिफारिस सम्बन्धी कार्यबिधी २०८० जारी गरि पुस २३ मा दोस्रो पटक सूचना प्रकाशन गरिएको थियो ।

     

    यस्तो छ, कार्यविधि र मापदण्ड 

    उपकुलपति नियुक्तिका लागि कार्यविधि बनेको छ । उक्त कार्यविधि अनुसार नै विभिन्न मापदण्ड तोकिएका छन् । जसअनुसार उपकुलपतिका लागि कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्नेछ । यस्तै दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने विषय पनि कार्यविधिमा उल्लेख छ ।

    त्यस्तै उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने, प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ । यस्तै प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको हुनुपर्ने त्रिविसँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने र  नेपाली नागरिक हुनुपर्ने मापदण्ड छ ।

    उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिविको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसन वर्क प्लान), सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बापतको मूल्याङ्कन र अंकभार १०० पूर्णाङ्कलाई आधार मानेर त्रिविको नयाँ उपकुलपति छनोट गरिनेछ ।

     

     

     

    images
    सोमवार, माघ ८ २०८००६:२०:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार