Jul 27 2026 | २०८३, श्रावण ११ गते

गत बर्षको तुलनामा कृषि पढ्ने विद्यार्थी बढे

गत बर्षको तुलनामा कृषि पढ्ने विद्यार्थी बढे

  • 741
    SHARES

  • गत बर्षको तुलनामा कृषि पढ्ने विद्यार्थी बढे

    माघ, १४ गते काठमाडौ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा कृषि पढ्ने विद्यार्थीको संख्या बढेको छ । गत वर्षको तुलनामा यस बर्ष विद्यार्थी भर्ना संख्या बढेको हो।

    गत ४२६ जनाले भर्ना गरेकोमा चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आङ्गिक गरी नौवटा क्याम्पसमा ५६० जना विद्यार्थी भर्ना भएका छन् ।

    गत शैक्षिक सत्रमा विद्यार्थी नै भर्ना नभएको एक आङ्गिक क्याम्पसमा यस वर्ष विद्यार्थी भर्ना भएका छन् । अध्ययनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा घट्दै गए पनि भर्ना हुने विद्यार्थीको सङ्ख्या भने बढेको बिश्वबिद्यालय कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठ बताउनुभयो।

    विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य भएका थिए । यस वर्ष ३० जना विद्यार्थी भर्ना भएका छन् ।विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेक आङ्गिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी भर्ना भएका थिए । यस वर्ष भने दुल्लुबाहेक सबै आङ्गिक क्याम्पसमा कोटाअनुसार विद्यार्थी भर्ना भएको कृषि सङ्कायका डिन श्रेष्ठ बताउनुभयो।

    केन्द्रीय क्याम्पस रामपुरमा १६२ जनाको कोटा निर्धारण गरिएको छ । सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पाख्रीबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आङ्गिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ । रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ । 

    त्यसैगरी, सम्बन्धन प्राप्त निजी क्याम्पस पूर्वाञ्चल कृषि क्याम्पस, नीतिका कृषि सहकारी संस्था इटहरी, हिमछायाँ कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एन्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा रहेको छ ।

     

    images
    आइतवार, माघ १४ २०८००७:१३:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार