Oct 02 2026 | २०८३, आश्विन १६ गते

महानगर शिक्षा अधिकृत सिताराम कोइरालालाई सात दिनको स्पष्टीकरण

महानगर शिक्षा अधिकृत सिताराम कोइरालालाई सात दिनको स्पष्टीकरण

  • 721
    SHARES

  • महानगर शिक्षा अधिकृत सिताराम कोइरालालाई सात दिनको स्पष्टीकरण

    माघ, १४ गते काठमाडौ । काठमाडौ महानगर प्रमुख बालेन शाहले बोर्डको सहमति बिना प्लस दुई संचालन गर्न अनुमति दिने शिक्षा अधिकृत सिताराम कोइरालालाई स्पस्टिकरण सोधेको छ।

    महानगरको शिक्षा बोर्डको सहमति बिना मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न प्लस टु चलाउन अनुमति दिएको भन्दै काठमाण्डौ महानगरले अधिकृत कोइरालालाई ७ दिनको स्पष्टीकरण सोधेको हो।

    नगर प्रमुखको अध्यक्षतामा बस्ने नगर समितिको बैठकबाट निर्णय भएपछि मात्र शिक्षा शाखाले त्यसको अनुमति प्रदान गर्नुपर्ने तर, नगर शिक्षा समितिको बैठक नै नबसी शिक्षा अधिकारी कोइरालाले गत साउनमा उक्त स्कूललाई पत्र काटेको भेटिएपछि सफाइ पेस गर्न ७ दिनको म्याद दिएर शुक्रवार स्पष्टीकरण सोधिएको बताइएको छ।

    यस अघिका प्रमुख प्रशासकीय अधिकृत एक अनुसन्धानमा तानिए पछि काठमाण्डौ महानगरले कोइरालालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत दिएको थियो । त्यस्तै, प्लस टु को अनुमति दिने विषय पहिले देखि विवादित थियो ।

     

    images
    आइतवार, माघ १४ २०८००५:०८:२२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार