Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रम. प्रचण्ड

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रम. प्रचण्ड

  • 520
    SHARES

  • नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ : प्रम. प्रचण्ड

    माघ, १५ काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ। सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनुभएको हो।

    सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावना पनि छ भन्दै उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

      आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताउनुभयो। प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको उहाँले भन्नूभयो।

    देश र जनतालाई अप्ठ्यारो परेको अवस्थामा प्रतिष्ठानले महत्त्पूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'कोभिड महामारीको त्रासदीपूर्ण परिस्थितिमा होस् वा हालैको भूकम्प, प्रतिष्ठानले पूर्ण जिम्मेवारीबोधका साथ पूर्वतयारी, आवश्यक सतर्कता, उद्धार र उपचारका क्षेत्रमा निकै महत्त्वपूर्ण काम गरेको छ।' 

    आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको भन्दै प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो।  

    पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले अनुभूत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गर्नुभयो।

    उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले बिश्वबिद्धालयको कुलपति प्रधानमन्त्री हुने प्रचलनको बारे समेत बिमर्श गर्नुपर्ने बताउनुभयो। हिजो मुख्य बिश्वबिद्धालय त्रिभुवन बिश्वबिद्धालय थियो। आज धेरै बिश्वबिद्धालय भएको अवस्थामा प्रधानमन्त्रीनै कुलपति हुने ब्यबस्था बारे सोच्नुपर्ने बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले बोलेको अंश। 

    images
    सोमवार, माघ १५ २०८००५:२३:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार