सोमवार, फाल्गुण ३ २०७७
कोभिड-१९ को कारण भएको लकडाउन अबधिभरको शुल्क छुटको विषयलाई लिएर एक्मि इन्जिनियरिङ कलेजमा विद्यार्थी र प्रहरी बिच झडप भई तोडफोड भएको छ ।
काठमाडौको सितापाइलामा रहेको एक्मी इन्जिनियरिङ कलेजमा शुल्क छुटको विषयलाई लिएर कलेज तोडफोड हुनाको साथै विद्यार्थी र प्रहरी बिच झडप हुदा प्रहरीको लाठीचार्ज बाट ६ जना विद्यार्थी घाइते भएका छ्न । विद्यार्थी ले २०% शुल्क छुटको माग राखी कलेजमा तालाबन्दी गरि बार्ता को माग गरेका थिए ।

सम्बन्धित कलेजका प्रिन्सिपल प्रदीप कुमार पौडेलले कलेजमा पठनपाठनमा कुनै अबरोध नगरी इन्ट्रान्सको फर्म भर्न दिनको लागि अनुरोध गर्दा नमाने पछि प्रहरीलाई खबर गरेको बताएका छन भने, कलेजलाई बारम्बार बार्ताको लागि अपिल गर्दा पनि कलेजले बिधार्थीको अनुरोधलाई बेवास्था गरि प्रहरी बोलाएर दमनको बाटोमा अघि बढेपछि झडप भएको बिद्यार्थी प्रतिनिधि प्रकृति घिमिरेले जानकारी दिएकी छिन ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा सिभिल इन्जिनियरिङ, कम्युटर इन्जिनियरिङ र आर्किटेक्ट विषय पढाइ हुन्छ । स्नातक तहको भर्ना प्रक्रिया सुरु हुने समयमा भएको तनाब र विद्यार्थीहरुमाथिको दमनले कलेजको भर्ना प्रक्रिया प्रभावित हुने देखिएको छ ।
