Jul 27 2026 | २०८३, श्रावण ११ गते

डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

  • 814
    SHARES

  • डडेलधुरा मेडिकल कलेजमा पठनपाठन सुरु

    फागुन १ गते । डडेलधुरा मेडिकल कलेजमा मंगलबारदेखि पठनपाठन सुरु भएको छ । सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको उक्त कलेजले बिएएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) को पठनपाठन सुरु भएको हो।

    मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीहरुलाइ आज अभिमुखिकरण गरिएको छ। साथै कार्यक्रममा मेडिकल कलेजका अध्यापक र विद्यार्थीहरूलाई स्वागत पनि गरिएको छ ।

    बिश्वबिद्धालयबाट १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएको मेडिकल कलेजका डिन डा. हेमनाथ जोशीले बताए।

    एमबिबिएसको पढाइ सुरु गर्न भने डडेलधुरा अस्पताल कम्तीमा पनि तीन सय श्ययायामा स्तरोन्नति हुन आवश्यक छ । अहिले अस्पताल एक सय शय्यामा चल्दै आएको छ । तत्काल तीन सय शय्यामा अस्पताल स्तरोन्नति भए हामी ०८३ देखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताइएको छ ।

    मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेलधुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भएको छ । त्यसैगरी, डडेलधुरा अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेलधुरामा डिनको कार्यालय स्थापना गरिसकेको छ । 

    images
    मंगलवार, फाल्गुण १ २०८००८:२९:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार