बुधवार, फाल्गुण ९ २०८०
फागुन, ९ गते काठमाडौ । काठमाडौको कलंकीमा अवस्थित एड-मार्क एकेडेमी/कलेजमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। बुधवार कलेज परिसरमा 'रक्तदान जीवनदान' भन्ने मुल नाराकासाथ कार्यक्रम आयोजना गरिएको हो।


एड-मार्क एकेडेमी/कलेजको आयोजना र मेट्रो ब्लड बैंक महाराजगन्जको संयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। रक्तदान कार्यक्रममा ८० जना विद्यार्थी तथा शिक्षकहरुले रक्तदान गरेको बताइएको छ।

एड-मार्क एकेडेमी/कलेजले हरेक बर्ष आयोजना गर्दै आएको सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको एकेडेमीका प्राचार्य शिव प्रसाद अधिकारीले बताउनुभयो । मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले रक्तदानको कार्यक्रम आयोजना गरिएको कलेजका प्राचार्य अधिकारीले बताउनुभयो । कलेजले हरेक बर्ष रक्तदान लगाएत विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ।










