Jul 27 2026 | २०८३, श्रावण ११ गते

विद्यार्थी एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द

विद्यार्थी एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द

  • 641
    SHARES

  • विद्यार्थी एकाएक बेहोस हुन थालेपछि विद्यालय बन्द

    फागुन, १० कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ ।

    पठनपाठनकै समयमा केही दिनयता विद्यार्थीहरु बेहोस हुने, चिच्च्याउने, रुनेलगायत समस्या देखिन थालेपछि विद्यार्थीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी विद्यालय बन्द गरेको विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ पोख्रेलले जानकारी दिए । बुधबार मात्र १० जनाभन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पोखरेलले बताए।

    शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीका अनुसार विद्यालयमा समस्या देखिएपछि मनोविश्षेलकहरू सँग परामर्श गरिएको बताए। केही बेर बेहोस हुने, कराउने गरेपछि आफैँ ठीक हुने गरेको बताइएको छ । केही समयपछि फेरि अरू विद्यार्थीलाई पनि यस्तो समस्या देखिएपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । केही समयअघि सरस्वती आधारभूत विद्यालयमा पनि यस्तै समस्या भएको थियो ।

    छात्रामा देखिएको समस्या ‘मास हिस्टेरिया’ भएको चिकित्सकहरू बताउँछन् । छात्रामा देखिएको समस्या मास हिस्टेरिया भएकाले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरेमा समस्या आफैँ समाधान हुने मनोविश्षेलकहरूको दाबी छ ।

    images
    बिहिवार, फाल्गुण १० २०८०११:४२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार