सोमवार, फाल्गुण १४ २०८०
फागुन, १४ गते । काठमाडौ महानगरपालिका वडा १४ कलंकिमा अवस्थित एलआरआइ (Learning Realm Int'l School/ LRI) स्कुल शैक्षिक क्षेत्रमा फरक शैलिमा संस्कार सहितको शिक्षा दिइदै आएको छ।
उक्त स्कुलका संस्थापक प्राचार्य, समाजसेवी तथा शैक्षिक ब्याक्तित्व शिवराज पन्तले सामुदायिक बिद्यालयको शैक्षिक सुधारको निम्ति धनगढी उपमहानगरपालिकालाई रु ५ लाख सहयोग गर्नुभएको छ।
संस्थापक प्राचार्य पन्तले धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुघारका लागि उक्त रकम सहयोग गरेको धनगढी उपमहानगर प्रमुख गोपाल हमालले सामाजिक संजाल मार्फत जानकारी दिनुभएको छ।
प्रिन्सिपल पन्त नियमित सामाजिक सेवामा संलग्न रहदै आउनुभएको छ। उहाँले सामुदायिक बिद्यालयहरुलाइ स्टेसनरी सामाग्रीहरु, म्युजिक टुलहरु, पुस्तकालयको लगाएत कार्यहरु समेत गर्दै आउनुभएको छ।