बिहिवार, चैत्र १ २०८०
चैत, १ गते काठमाडौ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रि-डिप्लोमा (साबिक प्राबिधिक एस.एल.सि) तहका सम्पुर्ण कार्यक्रमहरुको आंसिक परिक्षाको आवेदन खुला गरेको छ।
एक सूचना जारी गर्दै परिषदले प्रि-डिप्लोमा तहको २०७६/७७ देखि रजिस्ट्र्सन कायम भई १८ महिना प्रि-डिप्लोमा तह (१२+६/१५+३) को प्रशिक्षण अवधी पूरागरेका सम्पुर्ण प्राबिधिक शिक्षामा छात्रवृत्ति कार्यक्रम तथा शैक्षिकसत्र २०७५/७६ देखि रजिस्ट्रेसन कायम भएका २४ महिने औधोगिक प्रशिक्षार्थी कार्यक्रमहरुको परिक्षा आवेदन फारम खुला गरेको हो।
विद्यार्थीहरुले मिति २०८० साल चैत १५ गतेभित्र नियमित र सोही चैत २१ गतेभित्र दोब्बर दस्तुर तिरी आवेदन फारम भरिसक्नुपर्ने छ।
