Oct 02 2026 | २०८३, आश्विन १६ गते

नयाँ शैक्षिकसत्र शुरुहुनु अगावै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने

नयाँ शैक्षिकसत्र शुरुहुनु अगावै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने

  • 593
    SHARES

  • नयाँ शैक्षिकसत्र शुरुहुनु अगावै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने

    चैत, २७ गते काठमाडौ । नयाँ शैक्षिकसत्र शुरुहुनु अगाडी नै बिद्यालयमा पाठ्यपुस्तक पुग्ने भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका महाप्रबन्धक अनिलकुमार झाका अनुशार भोलि चैत्र २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए।

    हाल सम्म देशभरका करिब ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको केन्द्रले जनाएको छ।

    स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएपनि पाठ्यपुस्तक समयमै पुग्ने महाप्रबन्धक झाको भनाइ छ।

    केन्द्रले दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरण गरिसकेपछि काठमाडौं उपत्यकामा पाठ्यपुस्तक बितरण सुरु गर्ने जनाएको छ।

    images
    मंगलवार, चैत्र २७ २०८००६:३९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार