Oct 05 2026 | २०८३, आश्विन १९ गते

उपनिर्वाचन हुने क्षेत्रमा दुई दिन बिद्यालय बन्द हुने

उपनिर्वाचन हुने क्षेत्रमा दुई दिन बिद्यालय बन्द हुने

  • 353
    SHARES

  • उपनिर्वाचन हुने क्षेत्रमा दुई दिन बिद्यालय बन्द हुने

    चैत, २७ काठमाडौ । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका बिद्यालयहरु दुई दिन बन्द गर्न लेखिपठाउने निर्णय गरेको छ। आयोगले संघीय निर्वाचन हुने इलाम २ र बझाङ प्रदेशसभा निर्वाचान १ का विद्यालयहरू दुई बन्द गर्न लेखिपठाउने निर्णय गरेको हो।

    निर्वाचन आयोगको आज बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले बैशाख १३ र १४ गतेका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखिपठाउने निर्णय गरेको जनाएको छ ।

    “मिति २०८१/१/१५ मा हुने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १(१) मा उपनिर्वाचनका लागि मतदान तथा निर्वाचन सम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न मिति २०८१/१/१३ देखि मिति २०८१/१/१५ सम्म ३ दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले मिति २०८१/१/१३ देखि मिति २०८१/१/१४ सम्म २ दिनका लागि विद्यालयमा सार्वजनिक विदाको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारमा लेखि पठाउने” आयोगले जारि गरेको विज्ञप्तिमा भनिएको छ ।

    1000000133.png1000000135.png

    images
    मंगलवार, चैत्र २७ २०८००५:५७:००

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार