Jul 27 2026 | २०८३, श्रावण ११ गते

इन्जिनियरिङ पढ्न दुई जनालाई एक एक लाख प्रदान।

इन्जिनियरिङ पढ्न दुई जनालाई एक एक लाख प्रदान।

  • 569
    SHARES

  • इन्जिनियरिङ पढ्न दुई जनालाई एक एक लाख प्रदान।

    बैशाख, ८ गते काठमाडौंँ- खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही एक लाख प्रदान गरेको छ। नगरपालिकाले वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई छात्रवृत्तिस्वरुप उक्त रकम प्रदान गरेको हो।

    नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलोपटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

    रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिन नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ,’ नगर प्रमुख बिमला राइले भनिन्, ‘चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ।’

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार