Jul 27 2026 | २०८३, श्रावण ११ गते

पर्यटन प्रभर्दनकोलागी लुम्बिनी बौद्ध विश्वविद्यालय र वायु सेवा निगमबीच सहमति !

पर्यटन प्रभर्दनकोलागी लुम्बिनी बौद्ध विश्वविद्यालय र वायु सेवा निगमबीच सहमति !

  • 490
    SHARES

  • पर्यटन प्रभर्दनकोलागी लुम्बिनी बौद्ध विश्वविद्यालय र वायु सेवा निगमबीच सहमति !

    पर्यटन प्रवद्र्धन र बुद्ध दर्शन विस्तारको लक्ष्यसहित नेपाल वायु सेवा निगम र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच समझदारी भएको छ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बौद्ध क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने र  उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाको प्रयास रहनेछ ।

    पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउदै ड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको छ ।


    समझदारीमा विश्वविद्यालयका उपकुलपति प्राडा हृदयरत्न वज्राचार्य र निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । उड्डयनका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने विषय पनि समझदारीमा समेटिएको छ । पर्यटन र बुद्ध दर्शनसँग सम्बन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्न दुवै संस्थाले सहकार्य गर्नेछन् ।
     
    सम्झौता अनुसार लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट पनि उपलब्ध हुनेछ ।  विश्वविद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ । त्यसैगरी बायुसेवा निगमले बौद्ध धर्मावलम्बी बाहुल्य भएका मुलुकमा उडान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

    उपकुलपति वज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेका कारण विश्वविद्यालयले त्यसैअनुसार कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । सम्झौता तत्काललाई चार वर्षका लागि हुनेछ ।

    गोरखा पत्र 

    images
    बिहिवार, फाल्गुण ६ २०७७०८:१८:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार