Oct 02 2026 | २०८३, आश्विन १६ गते

विश्वभाषा क्याम्पसमा अन्तराष्ट्रिय भाषा अध्ययनका लागि भर्ना खुल्यो ।

विश्वभाषा क्याम्पसमा अन्तराष्ट्रिय भाषा अध्ययनका लागि भर्ना खुल्यो ।

  • 785
    SHARES

  • विश्वभाषा क्याम्पसमा अन्तराष्ट्रिय भाषा अध्ययनका लागि भर्ना खुल्यो ।

    असार, १२ गते काठमाडौ। बिश्वभाषा क्याम्पसमा विभिन्न भाषा अध्ययनको लागि भर्ना फारम खुलेको छ। वर्षे सत्र २०८१ को कक्षा साउन १४ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजी भाषाहरुको नयाँ भर्नाको लागि फाराम खुला गरिएको हो।

    भाषा पढ्न इच्छुक विद्यार्थीहरुलाई फाराम लिने र बुझाउने मिति २०८१ असार १७ गतेदेखि २६ गतेसम्म बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म तोकिएको छ।

    आवश्यक न्यूनतम शैक्षिक योग्यता सबै भाषाको लागि एस.एस.सी. वा एस.ई.ई. मा कम्तीमान "C" Grade प्राप्त वा सो सरह उत्तिर्ण भएको हुनुपर्नेछ ।

    • आवेदन फाराम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनु पर्नेछ । • दोस्रोदेखि छठौ सेमेष्टरसम्मको भर्ना २०८१ साउन १६ गतेदेखि साउन ३१ गतेसम्म ।

    • Level Test को फाराम वितरण २०८१ साउन २ गतेदेखि ७ गतेसम्म हुनेछ ।

    • अंग्रेजी र नेपाली भाषा बाहेक अन्य भाषाका लागि शिक्षक र अनुवादकहरू आवश्यक भएकोले इच्छुक व्यक्तिहरूले क्याम्पस प्रशासनमा सम्पर्क राख्नुहोला ।

    यस्तो छ सूचना ।

    FB_IMG_1719366218755.jpg

    images
    बुधवार, आषाढ १२ २०८१०७:४६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार