Jul 27 2026 | २०८३, श्रावण ११ गते

काष्ठमण्डप कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

काष्ठमण्डप कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

  • 553
    SHARES

  • काष्ठमण्डप कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

    साउन, १३ गते काठमाडौ। नेपाल काष्ठमण्डप कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण गरेको छ। शनिवार एक कार्यक्रमका बिच काठमाडौ महानगरपालिका वडा नं. १४ कलंकिमा अवस्थित उक्त कलेजले एक भब्य कार्यक्रम सहित स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको हो।

    20211018211801_IMG_2338.JPG

    अभिमुखीकरण कार्यक्रममा कलेजका सिइओ ऋषिराम कडेलको सभापति र त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेन्द्र चापागाइ प्रमुख अतिथिको रुपमा रहनुभयो। त्यस्तै विशेष अतिथिको रुपमा प्रिन्सिपल पेशल लुइँटेल, मोटिभेटर पृतम पौडेल, काठमाडौ महानगरपालिका १४ का वडा सदस्य रामबाबु कोइराला, स्रोत ब्यक्ति खगराज जोशी, vice- principal गिता न्यौपाने, धुर्व रेग्मी लगाएत HOD लगाएत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो।

    20211018205214_IMG_2303~2.JPG

    कार्यक्रममा कलेजका प्रिन्सिपल पेशल लुइँटेलले विद्यार्थीहरुलाई स्वागत मन्तव्य सहित उत्प्रेरित मन्तव्य दिनुभयो। संस्कार सहितको गुणस्तरीय शिक्षका लागि काष्ठमण्डप कलेज उत्कृष्ट रहेको भन्दै कक्षा १२ मा २०७७ को राष्ट्रिय परीक्षा बोर्ड टप गर्नु यसको उदाहरण भएको र जसको कारण काष्ठमण्डप कलेज शैक्षिक हब बनेको बताउनुभयो। साथै विद्यार्थीहरुको सर्बाङिण बिकासको लागि कलेजले पढाइका साथसाथै अतिरिक्त क्रियाकलाप, (CCA,ECA) लाई समेत प्राथमिकता दिनेगरेको बताउनुभयो ।

    20211018210126_IMG_2334~2.JPG

    प्रिन्सिपल लुइटेलले कक्षा १२ पछि विश्वविद्यालय शिक्षा सुरु हुनेभएकोले कक्षा ११ र १२ दुई बर्ष विद्यार्थीले अत्यन्तै मिहेनत गर्नुपर्नेछ भन्दै जसरी कमिलाहरुले आफ्नो खाना सञ्चितिको लागि अबिचलित मिहेनत गर्छन विद्यार्थीहरु पनि आफ्नो उदेश्य र गन्तव्य भेट्न निरन्तर बिचलित नभएर मिहेनत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै लुइटेलले विद्यार्थीहरुले कायम गर्नुपर्ने अनुशासनको बारे जानकारी दिनुभयो।

    20211018205005_IMG_2296~2.JPG

    कार्यक्रममा मोटिभेटर स्पिकर पृतम पौडेलले विद्यार्थीहरुलाई उत्प्रेरणामुलक भनाइहरु राख्नुभयो। उहाँले विद्यार्थीहरुले कम्तिमा १० बर्ष पछि म के बन्ने भन्ने उदेश्य सहित पढाइमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै उहाँले आफैले आफ्नोबारे कहिले नकारात्मक नसोच्न भन्दै सकारात्मक सोचका साथ निरन्तर अघि बढ्न सुझाव दिनुभयो।

    20211018211735_IMG_2336.JPG

    त्यस्तै कार्यक्रममा प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. राजेन्द्र चापागाईंले काष्ठमण्डप कलेजको शैक्षिक वातावरण अत्यन्तै उत्कृष्ट भएकोले नतिजा समेत उत्कृष्ट आउने गरेको धारणा ब्यक्त गर्नुभयो। उहाँले अहिले पढ्ने संस्कृतिको कमि भएको भन्दै विद्यार्थीहरुले नपढिकन उपलब्धी हाँसिल गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो।

    20211018223014_IMG_2403~2.JPG

    जिवनमा सफलताको पहिलो खुड्किले एसईई नतिजा भएको भन्दै डा. चापागाईंले अवको शिक्षाले विद्यार्थीको जिवनको गोरेटो कोर्ने बताउनुभयो। तपाइले आफुलाइ रुचि भएको बिषय छान्नुस्। विद्यार्थीलाई भन्नुभयो, ''तपाईंहरुले छानेको बिषय अनुसार तपाइको समाज बन्दछ। तपाईं जुनसुकै बिषय पढ्नुस केही फरक पर्दैन तर त्यस बिषयमा तपाइहरु दखल हुनुस्, दक्षता बनाउनुस् ।" सातै उहाँले विद्यार्थीहरुलाई र दबाबमा बिषय नछान्न सुझाव दिनुभयो ।

    20211018204101_IMG_2270~2.JPG

    त्यसैगरी डा. चापागाईंले समाजमा विभिन्न किसिमका मानिसहरु हुने भएकोले राम्रो संगतमात्रै गर्न विद्यार्थीलाई सुझाव दिनुभयो। त्यसैगरी अहिले मानिसहरुको सोचाइ नकारात्मक मात्रै बढि भएको भन्दै human mind ले नेगेटिभ धेरै खोज्छ। त्यो हाम्रो समाजको कुरामात्रै होइन त्यो मानवीय जिनको बिशेषता हो। तरपनि हामिले सकारात्मक सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो। साथै उहाँले स्वयं ब्यक्तिमा धेरै खुबी हुने तर आफुलाई अरु संग दाँज्दा समस्या आउने भएकोले आफुलाई अरुसंग नदाँज्न सुझाव दिनुभयो। साथै प्रमुख अतिथी डा. चापागाईंले विद्यार्थीहरु बाहिर जाने भन्दापनी नेपालमै केही गर्ने सोच सहित मिहेनत गर्न सुझाउनुभयो।

    20211018211807_IMG_2339~2.JPG

    कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कार र संस्कृति संग मेलखाने बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु देखाएका थिए।

    20211018235006_IMG_2457.JPG

    काष्ठमण्डप कलेजमा कक्षा ११ र १२ मात्रै नभई स्नातक तहमा BBA, BCA, BBS, र स्नातकोत्तर तहमा MBA र MBS समेत पढाइ हुनेगरेको छ।

    कलेजले आयोजना गरेको स्वागत तथा अभिमुखीकरणमा औपचारिक कार्यक्रमको संचालन कृष्ण डुम्रेले र अनौपचारिक तथा सांस्कृतिक कार्यक्रमसंचालन काष्ठमण्डप कलेजका शिक्षक मनोज भट्टराईले गर्नुभयो।

    20211018204916_IMG_2293~2.JPG

    कार्यक्रमको समापन सभापति ऋषिराम कडेलले विद्यार्थीहरुलाई ब्यबस्थापकीय सिप, नेतृत्व बिकास गर्न बिशेष जोड दिने बताउनुदै कार्यक्रमको समापन गर्नुभयो।

    20211018211807_IMG_2339~2.JPG

    काष्ठमण्डप कलेजले साउन १६ गते देखि कक्षा ११ को पठनपाठन सुरु गर्ने भएको छ।

    20211018221623_IMG_2386~2.JPG20211018221536_IMG_2377~2.JPG20211018221337_IMG_2373~2.JPG20211018213334_IMG_2351~2.JPG20211018205316_IMG_2309.JPG20211019005330_IMG_2575.JPG20211018234121_IMG_2445.JPG20211018231238_IMG_2414.JPG20211018231635_IMG_2430.JPG20211019003551_IMG_2524.JPG20211019004801_IMG_2557.JPG20211019004048_IMG_2530.JPG20211019005811_IMG_2584.JPG20211019010411_IMG_2597.JPG20211019011019_IMG_2610.JPG

     

    images
    आइतवार, श्रावण १३ २०८१०८:१९:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार