Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रि-डिप्लोमा तथा डिप्लोमा प्रमाणपत्र तहमा बिशेष छात्रवृत्तिका लागि आवेदन माग।

प्रि-डिप्लोमा तथा डिप्लोमा प्रमाणपत्र तहमा बिशेष छात्रवृत्तिका लागि आवेदन माग।

  • 508
    SHARES

  • प्रि-डिप्लोमा तथा डिप्लोमा प्रमाणपत्र तहमा बिशेष छात्रवृत्तिका लागि आवेदन माग।

    साउन, ३० गते काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रममा निःशुल्क अध्ययनका लागि प्रवेश परीक्षाको आवेदन माग गरेको छ ।

    प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राका लागि आवेदन माग गरेको हो ।

    नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ वटा स्थानीय तहमा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट प्रि–डिप्लोमा तहमा १४ जना र डिप्लोमा/प्रमाणपत्र तहका देहायका कार्यक्रमहरूमा १०६ जना गरी जम्मा १२० सिटहरूमा आवेदन माग गरेको सुचनामा उल्लेख गरिएको छ।

    निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट रीतपूर्वकको प्रवेश परीक्षाको आवेदन फाराम भरी आवेदन फाराम सङ्कलनका लागि तोकिएका शिक्षण संस्था/कार्यालयहरूमा बुझाउनु पर्ने छ ।

    आवेदन फारम साउन ३० गते देखि भदौ २० सम्म बुझाउम सकिने छ। साथै प्रवेश परीक्षा भदौ २९ गते बिहान ८:०० बजे संचालन हुने छन। आवेदन फारम भर्न परीक्षा नियन्त्रण कार्यलयको वेबसाईट www.ctevtexam.org.np बाट डाउनलोड गरि प्राप्त गर्न सकिने छ।

    प्रवेश परीक्षा (क) कोशी प्रर्दमः इटहरी, (ख) मधेश प्रदेशः जनकपुर । म। बागमती प्रदेशः काठमाडौं, (घ) गण्डकी प्रदेशः पोल्वर, (ङ) लुम्बिनी प्रदेशः बुटवल, (घ) कणांली प्रदेशः सुर्खेत र (छ) सुदुरपश्चिम प्रदेशः धनगढीमा हुने छन्।

    बिस्तृत जानकारीका लागि हेर्नुस् सूचना ।

    FB_IMG_1723599059081.jpgFB_IMG_1723599060994.jpgFB_IMG_1723599063016.jpgFB_IMG_1723599064946.jpg

    images
    बुधवार, श्रावण ३० २०८१०८:०७:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार